रुपन्देहीलाई असार २९गते पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गर्ने

स्वास्थ्यसमाचार / रुपन्देहीलाई यहि असार २९गते पूर्णखोप सुनिश्चिता हुने भएको छ। जिल्लामा रहेका १६ वटापालिका मध्ये २ वटा पालिकाले पनि पुर्ण खोप घोषणा गर्दैछन् ।सोमबार रुपन्देहीको कोटईमाई गाउँपालिका र सम्मरी माई गाउँपालिकाले पालिका पूर्ण खोप घोषणा गरेसगै जिल्ला पुर्ण खोप सुनिश्चिता जिल्ला हुने भएको हो।

जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार सोमबार सम्मरी माई र कोटहीमाई गाउँपालिका पुर्ण खोप घोषणा भएसंगै पुर्ण खोप जिल्ला घोषणाका लागि प्रदेशमा पत्राचार गरिएको बताउनु भयो ।

पत्राचार पश्चात अनुगमन टोलीले प्रतिवेदन दिए अनुसार यहि असार २९ गते रुपन्देही जिल्ला पुर्ण खोपयुक्त जिल्ला घोषणा हुन लागेको हो ।
खोप अधिकृत शर्माका अनुसार भैरहवामा एक विशेष कार्यक्रम आयोजना गरी रुपन्देही जिल्ला पुर्णखोप युक्त जिल्ला बन्ने छ ।

१६ वटा पालिका रहेको रुपन्देही जिल्लाका दक्षिण क्षेत्रमा भारतीय सिमा क्षेत्रमा रहेका कोटहीमाई गाउँपालिका र सम्मरीमाई गाउँपालिका ले पुर्ण खोप घोषणा नहुँदा पुर्ण खोप जिल्ला हुन पाएको थिएन ।

गाउँ गाउँमा घर घर गएर जन्मीएका बालबालिकाले जो १५ महिना मुनीको हुन्छन्, उनीहरुले अनिवार्य रुपमा आधारभुत खोप लगाउनुपर्ने हुन्छ । जुन खोप नलागाएका वालवालिकाहरु वाट छुट भएका बालवालिकाहरुलाई खोप लगाएर सत प्रतिशत खोप लगाएपछि मात्रै पूर्ण खोप जिल्ला घोषणा गर्न सकिने प्रावधान रहेको खोप अधिकृत शर्माले बताउनु भयो ।

रुपन्देही जिल्लामा हाल सम्म १८ हजार बढि बालवालिकाहरुले खोप लगाईसकेको शर्माको भनाई छ ।दुई वटा पालिकाको तथ्यांक आएपछि सोही अनुसार थप संख्या एकीन गरी के कती मात्रामा खोप प्राप्त गरे वा नगरेको विषयमा स्पष्ट हुने स्वाथ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौबर ढकालले खोप नलागाएका वालवालिकाहरु वाट छुट भएका बालवालिकाहरुलाई खोप लगाएर सत प्रतिशत खोप लगाएपछि मात्रै बल्ल जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने बताउनु भयो।

सम्बन्धित शिर्षक :