स्वास्थ्यमा लुम्बिनी प्रदेश २०७७ : कष्ट र त्रासमा गुज्रिएको वर्ष

नयाँ बर्ष वि सं. २०७७ साल सुरु हुँदा मुलुकमा लकडाउन भएको २० दिन पुगीसकेको थियो। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा चैत्र ११ गतेदेखी लकडाउन सुरु भएको थियो। लकडाउनको कारण यो सालको पहिलो दिन घर भित्रै सिमित थिए। नयाँवर्ष उत्सव सामाजिका सञ्जालमा मात्र सिमित भएको थियो । नेपालभरमा केहीलाई कोरोना संक्रमण पुष्टी भएपनि २०७७ साल सुरु हुँदा लुम्बिनी प्रदेशमा भने संक्रमण देखिइसकेको थिएन। बैशाख १९ गते रुपन्देही र बाँकेमा एकै दिन संक्रमित फेला परे। लुम्बिनी प्रदेशमा संक्रमणको सुरुवात भएको दिन १८ गते नै थियो। त्यसको पर्सिपल्ट बैशाख २१ मा…

विश्व होमियोप्याथीक दिवश : जानौं यो कस्तो उपचार पद्धति हो ।

अप्रिल १०, २०२१ । चिकित्सा पद्धति सन १७९६ मा जर्मनीका प्रसिद्ध एलोप्याथिक बिशिषज्ञ डा. क्रिश्चीयन फेडेरिक स्यामुयल हेनिमनले लामो समयको खोज अनुसन्धान पश्चात चिकित्सा क्षेत्रमा प्रतिपादन गरेको यो बिज्ञानलाई रोगको स्थायी रुपमा जराबाटै समाधान गर्न सक्ने उत्तर आधुनिक समयमा बिकास भएको चिकित्साको रुपमा हेरिने गरिन्छ ।

पहिले नाकमा बस्ने हो कोरोना, त्यहीँबाट फालिदिएपछि चैट: प्रधानमन्त्री

स्वास्थ्यसमाचार / प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड(१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरे। उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपाय अपनाउनुपर्ने बताए।भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए। उनले भने, ‘कोभिड(१९ को सन्दर्भमा म भन्न…

काठमाडौं प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य

स्वास्थ्यसमाचार / काठमाडौं प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिकामार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिन हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताए । यस्तै एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पिसिआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । प्रमुख जिल्ला…

भिम अस्पतालमा आकस्मिक भवनको मूख्यमन्त्री पोखरेलद्धारा उद्घाटन

स्वास्थ्यसमाचार /लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको अत्याधुनिक सुविधा सहितको लिलाराम न्यौपाने आकस्मिक भवन भिम अस्पताललाई हस्ताण्तरण गरे । मूख्यमन्त्री पोखरेलले बिभिन्न चन्दा आतंकबाट पिडित भएको गुनासो गर्ने ब्यवसायीलाई यस्तै दिगो प्रकृतिको सामाजिक कार्यमा लगानी गर्न आग्रह गरे । भित्र विरामी जाँच हुन्छ बाहिर सटरमा रिफर हुने हुदा यसैको सुधारका लागि रातारात सटर भत्काएको मुख्यमन्त्री पोखरेलले बताए । कोभिडले राज्यको स्वास्थ्य संस्थाहरुको अवश्था छताछुल्ल बनाई दिएको स्विकार गरे । अबको दिनमा स्वास्थ्य सेवाको सुधार गर्ने पर्ने आवश्यकता औल्याउदै उनले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालको रुपमा निर्माण गर्ने बताए…

१५ सय बढी स्वास्थ्यका कर्मचारीको समायोजन मिलान

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५०० बढी स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलानको सूची सार्वजनिक गर्दै त्यसको जानकारी दिएको हो। मिलानको पत्र मन्त्रालयको वेभसाइटमा राखिएको छ। समायोजन मिलानका लागि २ हजार ७ सय भन्दा बढीले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये केहीको प्रक्रिया नपुगेको र केहीको कागजपत्र नपुगेको भन्दै १५ सय ५२ जनाको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ।

वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय

स्वास्थ्यसमाचार/ पछिल्ला दिनमा वायु प्रदूषण बढ्दै गएपछि सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले बताए। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए।   बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल…

चिनबाट नेपाल आइपुग्यो कोरोना विरुद्धको ८ लाख डोज खोप

स्वास्थ्यसमाचार/ चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोभिडविरुद्धको खोप काठमाडौं आइपुगेको छ। नेपाल एयर लाइन्सको विमानबाट बिहान आइपुगेको खोप नेपाललाई हस्तान्तरण गरिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी हुन् ।चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो। खोप प्राप्त गरेपछि स्वास्थ्यमन्त्री त्रिपाठीले कोभिडविरुद्धको लडाइँमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिए। चिनियाँ राजदूत यान्छीले यो खोप ८०…

धुलिखेल अस्पताल सेवाप्रवाह र बाताबरणको हिसाबले नमूना :डा राजेन्द्र खनाल

डा राजेन्द्र खनाल सहित लुम्बिनी प्रादेशिक अस्पतालको टिम धुलिखेल अस्पतालमा केहि दिन अघि पुगेका थियौ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पनि नयाँ भिआईपी क्याबिन संञ्चालन र फोहर ब्यबस्थापन गर्ने बिषयमा धुलिखेल अस्पतालको बारेमा हामी अध्यन गरेका थियौ ।मैले अस्पतालमा भनेको सुनेको मात्र होईन धेरै कुराले यो अस्पताल नमुना रहेको देखे। अस्पतालको लागी कस्को कति देन हुनुपर्छ कसरी काम गर्नुपर्छ भन्ने यस अस्पतालले देखाएको छ । धुलिखेल अस्पताल यस्तो रुपमा प्रस्तुत हुनसक्नुमा डा. रामकन्ठ माकजुको माया र समर्पणको देन छ भन्ने सुनेको थिएं।अहिले यो अस्पतालमा धेरै डाक्टरहरु, नर्सिङ स्टाफ र अन्य कर्मचारीहरु…

नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

स्वास्थ्यसमाचार/ मस्तिस्कघात भई नर्भिक अस्पतालमा उपचार गराईरहेका कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ । अघि बेलुका ८ . २४ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।पूर्वमन्त्री समेत रहेका जोशीलाई गत १४ फागुनमा मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा लगि उपचार गरिएको थियो । नर्भिक अस्पतालको विज्ञप्ती कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज शुक्रबार निधन भएको छ ।फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहनुभएका नेता जोशीको आजशुक्रबार साँझ ८ः२४ बजे निधन भएको हो । मष्तिष्कघातपछि उहाँलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको…