अस्पताल देखी गाउँसम्म नि:शुल्क भिडियो एक्सरे गर्दै पूर्व मेसु खनाल

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एबं बरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. राजेन्द्र प्रसाद खनाल निशुल्क सेवा गर्दे अस्पताल देखी गाउँ गाउँमा डुल्दै हिडेका छन।

उनी कहिले गुल्मी कहिले रोल्पा कहिले पिपलधारा लगायतका क्षेत्रमा गर्भवती आमाहरु को लागि निशुल्क भिडियो एक्सरे (Anomaly Scan)  सेवा दिदै आएका छन। उनले आफु लामो समय सम्म रेडियोलोजिस्टअर्थात भिडियो एक्सरे गर्दे आएको र अहिले आफु रिटायो भएपछि निशुल्क सेवा दिदै आएको बताए ।

डा खनाल भन्छन लामो समयको अनुभव र सेवा गर्ने उदेश्यका साथ अस्पताल देखी गाउँ गाउँ सम्म निशुल्क सेवा दिदै आएको छु ।सकेसम्म सेवा गर्ने प्रयास गरेको छु उनले भने। डा खनालले भने द्वारा गर्भवती अवस्था मै बच्चामा हुने विकलांग तथा अपाङ्गता को समय मै पहिचान गरिन्छ र थप ब्यबस्थापन मा ठूलो भूमिका हुन्छ त्यसैले अहिले आफुले यो सेवा दिइएको छु ।

खनालले भने पाल्पा अर्घाखाँची गुल्मी रोल्पा तौलिहवा लगायका जिल्लामा गएर निशुल्क सेवा दिएको छु यसलाई निरन्तता दिन्छु। रोल्पा अस्पतालका मेसु डा लोक रत्न ज्ञवालीले लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेसु तथा बरिष्ठ कन्सल्टेन्ट v डा. राजेन्द्र प्रसाद खनाल रोल्पा अस्पतालमा आएर निशुल्क भिडियो एक्सरे सेवा दिएको बताइन ।

सम्बन्धित शिर्षक :