रोल्पा अस्पताल रेउघामा बायोमेडिकल डिपार्टमेन्टको स्थापना

स्वास्थ्यसमाचार /रोल्पा अस्पतालमा बायोमेडिकल डिपार्टमेन्टको स्थापना भएको छ । निक साइमन ईनिस्टच्यटसँगको सहकार्यमा उक्त डिपार्टमेन्टको स्थापना गरीएको हो।

बायोमेडिकल डिपार्टमेन्ट स्थापना भएसंगै अस्पतालमा भएका उपकरण तथा प्रविधिसंग जोडिएका काम सहज हुने अस्पतालका मेसु डा लोकरत्ना ज्ञवालीले वताउनु भयो।

डाक्टर ज्ञवालीले अस्पतालमा उपकरणहरु बिग्रिएमा मर्मत सम्भारको लागि सहज हुने वताउनु भयो। अस्पतालमा बायोमेडिकल टेक्निसियन कन्चन चौधरी रहनु भएको छ।

निकसाईमनको सहयोगमा बायोमेडिकल डिपार्टमेन्ट स्थापना गर्न इन्जिनियर शलोमी पौडेलको टोलीरोल्पा आएको डा ज्ञावलीले बताउनु भयो।

सम्बन्धित शिर्षक :