गुल्मीमा छत्रकोट गाउँपालिका स्वास्थ क्षेत्रमा उत्कृष्ट घोषित

स्वास्थ्यसमाचार/गुल्मी  आर्थिक बर्ष ७९/८० को समग्र कार्यसम्पादन मुल्यांकनबाट जिल्लाका १२ वटा स्थानीय तह मध्ये छत्रकोट गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा  उत्कृष्ट पालिका घोषणा भएको छ ।

जिल्ला  स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा सम्पन्न वार्षिक समिक्षा गोष्ठीमा छत्रकोट गाउँपालिकालाई जिल्लाको उत्कृष्ट पालिकाका रुपमा घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख  द्रोणबहादुर खत्रीले छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे , उपाध्यक्ष साबित्रा ज्ञवाली , स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल ,सिनियर अहेव सपना टण्डन, गुल्मीदरवारका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद  अर्याल ,  बिरबास स्वास्थ्यचौकी प्रमुख ईन्दु घर्ति मगर र उत्कृष्ट कर्मचारी नेत्रप्रसाद पन्थीलाई सम्मान सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

एक आर्थिक भरी स्वास्थ्य सम्बन्धी प्रगति मुल्यांकनबाट छत्रकोट उत्कृष्ट गाउँपालिका,जिल्लाका ९३ वटा वडा स्तरिय स्वास्थ्य संस्थाहरु मध्ये गुल्मीदरबार गाउँपालिका- ४ को बिरबास स्वास्थ्य चौकी उत्कृष्ट स्वास्थ्य चौकी र जिल्लाभरका स्वास्थ्यकर्मीहरु मध्ये नेत्रप्रसाद पन्थी उत्कृष्ट कर्मचारी भएको जानकारी स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले दिए ।

दुई दिन सम्म संचालन भएको समिक्षा गोष्ठीमा १२ वटै पालिकाका स्वास्थ्य शाखा,सेभ द चिल्ड्रेन,नेपाल नेत्रज्योति सघ गुल्मी र नार्डेक नेपाल गुल्मीका प्रमुख तथा प्रतिनिधीहरुले आ-आफ्नो पालिका र संस्थाको आर्थिक बर्ष ०७९/०८० मा सम्पन्न कार्यक्रमको बार्षिक प्रतिवेदन र आगामी आर्थिक बर्षको स्वीकृत कार्यक्रम पेश गरेका थिए ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले  जिल्लाभरको प्रतिवेदन प्रस्तुत गर्दै कतिपय बिषय सन्तोजनक रहेको र कतिपय  सच्चाउन  पर्ने  बिषयमा शाखा प्रमुखहरुलाई सजग गराएका थिए ।   स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले यो सफलता प्राप्त गर्नुमा गाउँपालिकाको सिङ्गो टिमको सक्रियताबाट मात्र सम्भव भएको प्रतिक्रिया दिए।

स्थानीय तहको गठन पछि उत्कृष्ट पालिका घोषणा हुने छत्रकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल सोही पालिका २ को पल्लीकोट स्वास्थ्य चौकीमा १८ बर्षसम्म प्रमुख रहँदा साविक जिल्ला विकास समितिबाट पाँच पटक सम्म उत्कृष्ट स्वास्थ्यकर्मी र पल्लीकोटलाई उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा पुरस्कृत गराउन सफल भएका थिए।

सम्बन्धित शिर्षक :