गुल्मीमा स्वास्थ्यको वार्षिक समिक्षा सुरु ,समन्वय प्रमुखद्वारा उदघाटन

स्वास्थ्यसमाचार/शुक्रबार गुल्मीका १२ वटै वटै स्थानीय तहका स्वास्थ्यकर्मी र उनीहरु संग सरोकार राख्ने मानिसहरु जिल्लाकै एक सुन्दर र स्वास्थ्य क्षेत्रको उदाहरणीय थलो पल्लीकोट स्वास्थ्य चौकीमा पुगे ।

धेरै बर्ष पछि त्यहाँ पुगेकाहरुले त्यस स्वास्थ्य चौकीको त्यति बेलाको अवस्था स्मरण गर्दै अहिले भएको विकासको खुलेर प्रशंसा गरे ।
जिल्ला स्तरिय कार्यक्रम सधै सदरमुकाम केन्द्रित हुने परम्परालाई तोड्दै जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सम्वन्धि जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी आयोजना गरेकोले त्यस सुन्दर र उदाहरणीय थलोमा १२ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरु र स्वास्थ्य क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधि पुगेका हुन ।

छत्रकोट गाउँपालिका २ मा पर्ने पल्लीकोट स्वास्थ्य चौकीको सभाहलमा आयोजित उक्त गोष्ठीका आगन्तुक हरुलाई त्यस गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, उपाध्यक्ष सावित्रा ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत बीरबहादुर पुन , स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल र त्यस स्वास्थ्य चौकी प्रमुख विकला पच भैयाले भब्य स्वागत गरे ।

उनले भने जिल्ला स्तरिय यति महत्वपुर्ण कार्यक्रम हाम्रो पालिकालाई छनौट गर्नु भएकोमा आयोजकलाई हार्दिक बधाई दिदै स्वागत गर्दछौं । गोष्ठीको जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले उदघाटन गरेका थिए ।

२०५३ साल भदौ १० गते पल्ली कोटको एउटा सामान्य कच्ची घरमा स्थापना हुँदा साँवागाउँले एउटा कुर्ची बनाई दिएका थिए । सानो एउटा कोठाबाट सुरु भएको स्वास्थ्य चौकीलाई आजको स्थानमा ल्याई पुराउन उल्लेख्य भुमिका खेल्ने हाल छत्रकोट स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले भने अहिले आफनै सुविधा सम्पन्न भवन पाउँदा निकै हर्ष लाग्छ।

हाल यस सुविधा सम्पन्न स्वास्थ्य चौकीमा प्याथोलोजी सेवा, नर्मल सर्जरी, जेष्ठ नागरिक घर घरमा जाँच , परिवार नियोजन , आकस्मिक रेफर का लागि हेलिप्याड र वर्षिक सेन्टर सहितका स्वास्थ्य सेवा र उपकरणहरु छन ।

वडाका दैनिक सरदर २० जना बिरामी आउने स्वास्थ्य चौकी प्रमुख पचभैया बताउनु हुन्छ । गत आर्थिक बर्षमा १० जना महिलाहरुले सोही चौकीको वर्किङ सेन्टरबाट प्रसुति सेवा लिएको उहाँले जानकारी दिनुभयो । यस स्वास्थ्य चौकीमा प्याथोलोजी सेवा , माइनर सर्जरी, जेष्ठ नागरिक घर घरमा जाँच , परिवार नियोजन सेवा, आकस्मिक रेफर का लागि हेली प्याड निर्माण समेत गरिए पछि यस वडाबासी सदरमुकाम धाउने बाध्यताबाट मुक्त भएका छन ।

त्यसो त सिङ्गो छत्रकोट गाउँपालिकाको स्वास्थ्य सेवा अनुकरणीय रहेको गोष्ठीमा सहभागीहरुले बताए । गत डेढ बर्ष देखि त्यस पालिकाले स्वास्थ्य ऐन लागु गरे पछि थप सुधार भएको भन्दै केहि कुरा सुधार गर्न सहभागीहरुको सुझाव समेत थियो ।

शाखा प्रमुख पोखरेलका अनुसार पालिका भर पुर्ण खोप सुनिश्चिता , पुर्ण संस्थागत प्रसुति गाउँपालिका र पुर्ण पोषण मैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा भईसकेको छ ।

त्यस पालिकामा एउटा श्रृङ्गार प्राथामिक स्वास्थ्य केन्द्र , ५ वटा स्वास्थ्य चौकी , ८ वटा सामुदायिक स्वास्थ्य ईकाई, ५ वटा प्याथोलोजी स्वास्थ्य सेवा , ६ वटा वर्गाङ्क सेन्टर , ६ वटा डट सेन्टर , त्यति नै पिएमटिसीटी साइट , ४ वटा मेडिकल मेडिकल बोर्सी साइट , २९ वटा खोप क्लिनिक , १७ वटा गाउँघर क्लिनिक , ८६ जना महिला स्वास्थ्य स्वयम सेविका रहेको छत्रकोट गाउँपालिकाको तर्फबाट बार्षिक प्रतिवेदन पेश गर्दै स्वास्थ्य शाखा प्रमुख पोखरेलले जानकारी दिए ।

स्वास्थ्य कार्यालय,गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख,सेभ द चिल्ड्रेन,नार्डेक नेपाल लगायत संघ संस्थाका ४२ जनाको सहभागीता रहेको गोष्ठी दुई दिन सम्म चल्ने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

उक्त गोष्ठीमा १२ वटै पालिका र संस्थाले एक बर्षमा गरेका सेवा प्रवाह /कार्यक्रमको समिक्षा गरि सुधार सहितको आगामी कार्ययोजना तयार गर्ने उद्देश्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए ।

समीक्षाको पहिलो दिन उठेका बिषयहरुमा प्रति कार्यक्रमका प्रमुख अतिथी समन्वय प्रमुख द्रोण बहादुर खत्रीले‘ स्थानिय तहमा संघीय सरकारबाट प्राप्त ससर्त अनुदान अन्तर्गतका योजनाका कार्यक्रमहरु र स्थानीय तह आफैले सञ्चालन गरेका कार्यक्रमहरुको कार्यन्वयन प्रक्रिया प्रभावकारी हुन नसकेकोले प्रभावकारी कार्यक्रम कार्यन्वयनका लागि साझा योजना आवश्यक रहेको बिचार व्यक्त गर्नुभएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र सलामी, सदस्य सावित्रा भण्डारी , जिल्ला समन्वय अधिकारी सिर्जना मिश्र, गुल्मी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर सोफिया थापा लगायतको आतिथ्यता रहेको छ ।

सम्बन्धित शिर्षक :