बुटवलमा आयुर्वेद सम्वन्धी जिल्ला स्तरिय वार्षिक समिक्षा

नागरिक आयोग्य कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा अगाडी बढाइए छ :महानिर्देशक उपाध्याय

स्वास्थ्यसमाचार/बुटवलमा लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलको आयोजनामा आज जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्व समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा वोल्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागका महानिर्देशक डाक्टर बासुदेव जनार्दन उपाध्यायले नागरिक आयोग्य कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा अगाडी बढाइएको भन्दै अर्थमन्त्रालयसग आवश्यक बजेट माग गरिएको बताए ।

स्थानियको सहकार्यमा कार्यक्रम अगाडी बढाउदा प्रभावकारी हुने धारणा उनले राखे । उनले सेवा विस्तारका लागि स्थानियको चासो बढ्नुपर्ने भन्दै आवश्यक सहयोगका लागि आफू लागि पर्ने धारणा समेत राखे ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय लुम्विनीका आयुर्वेद महाशाखा प्रमुख डाक्टर पुष्पराज पौडेलले प्रदेश सरकार अस्पतालको सेवा विस्तारमा सकरात्मक रहेको धारणा राखे ।

चिकित्सालयका प्रमुख डाक्टर प्रवेश श्रीवास्तवले चिकित्सालयको प्रगति विवरण प्रस्तुत गर्दै कम जनशक्तिका वीच पनि सेवालाई प्रभावकारी बनाउदै लगिएको बताए ।

रुपन्देहीमा गत आर्थिक वर्षमा आयुर्वेद उपचार पद्धती मार्फत ७९ हजार ९६ जनाले सेवा लिएका छन् । सेवा लिनेमा महिलाको संख्या ४५ हजार ८ सय ६१ र पुरुषको संख्या ३३ हजार २ सय ३५ रहेको छ ।

यसैपीच चिकित्सालयको प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले निरिक्षण गरेका छन् । मन्त्रीलाई स्वागत गर्दै चिकित्सालयका डाक्टर प्रवेश श्रीवास्तवले अस्पतालका समस्या राखेका थिए ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागका महानिर्देशक डाक्टर बासुदेव जनार्दन उपाध्यायले देशभरीकै नमुना अस्पतालका रुपमा लुम्विनी आयुर्वेद चिकित्सालयलाई विकास गर्न सक्दो सहयोग गर्ने बताए ।

सम्बन्धित शिर्षक :