लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप सेवा विस्तार

जनताको बिश्वास जितेर बिशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई स्वास्थ्यमन्त्रीको सुझाव

स्वास्थ्यसमाचार/बुटवल स्थीत लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार गरिएको छ । आइतवार विस्तारित स्वास्थ्य सेवा मा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआइसियु (बेड विस्तार) , एसएनसियु सेवा थप गरिएको छ ।

त्यस्तै बाल तथा प्रसुति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरिएको छ । यी सेवा विस्तार तथा शुभारम्भ प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्नु भयो।

कार्यक्रममा वोल्दै मन्त्री राजु खनालले प्रदेशको गहनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमित्तामा राखेको बताउनु भयो । उहाँले जनताको बिश्वास जितेर बिशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिनुभयो ।

अस्पताललाई तत्काल नभई नहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारको बारेमा लिखित जानकारि मन्त्रालयलाई गराउन निर्देशन दिदै मन्त्री खनालले कम्तिमा मासिक रूपमा सम्याका बारेमा छलफल गरि समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले विवाद नआउने गरि पार्दरशि तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारि बनाउन निर्देशन दिनुभयो ।

अस्पतालमा मेसु डा सुर्दशन थापा क्षेत्रीले सेवा बिस्तार संगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्ने आउने बिरामीको लागी सहज भएको बताउनु भयो। उहाले अव केहि समयमै क्याथ ल्याव संञ्चालनको तयारी भैरहेको बताउनु भयो।

डा थापाले अस्पतालमा पिआईसीयु प्रसूति सेवा बर्थिड सेन्टर निसन्तान किल्नीक सेवा सुरु भएपछि आएका बिरामीलाई वाहिर रिफर गर्नु पर्ने समस्या अन्त्य भएको बताउनु भयो।

बुटबल उपमहानगरपालिका मेयर खेलराज पान्डेयले अस्पतालको बिकास र सेवाको लागी सबैको ध्यान जानु जरुरी रहेको बताउनु भयो रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालको सेवा बिस्तार संगै अस्पतालमा आउने बिरामीलाई राहत हुने बताउनु भयो।

अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सीमित जनशक्तिले धेरै काम गर्नु पर्ने भएको गुनासो गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो । सरकारको अस्पताल सञ्चालन सम्बन्धी कार्यविधिमाथि टिप्पणी गर्दै श्रेष्ठले ५ सय सैय्याको अस्पतालका लागि १६ सय जनशक्ति आवश्यक पर्नेमा ७ सय सैय्याको लुम्बिनी प्रादेशिक अस्पतालमा ७ सय जनशक्तिले काम चलाउनु परेको गुनासो गर्नु भयो ।

यसैगरी २ सय सैय्या क्षमताको अस्पताललाई प्रदेश सरकारले नियमन गर्ने भनिए पनि पाँचसय सैय्याको क्षमताभन्दा माथिका अस्पताललाई प्रदेश सरकारले हेर्नू परेको भन्दै त्यसको व्यवस्थापन बारे छलफल चलाउन आवश्यक रहेको वताउनु भयो ।

उक्त कार्यक्रममा डा ज्ञानहरी मरासिनी लगायतले बोल्नु भएको थियो। कार्यक्रमको संञ्चालन अस्पतालका मेट्रोन ज्योति पौडेलले गर्नु भएको थियो।

अस्पतालमा विस्तारित स्वास्थ्य सेवा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआईसियु (बेड विस्तार) एसएनसियु बाल तथा प्रसुति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा उद्घाटन भएको थियो।

सम्बन्धित शिर्षक :