लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा ३लाख बढीले लिए स्वास्थ्य उपचार सेवा

अस्पतालमा आर्थिक बर्ष .२०७९/ ८० मा भएका सेवाको समिक्षा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित स्वास्थ्य सेवाको वार्षिक समिक्षा गरिएको छ।आर्थिक बर्ष .२०७९/ ८० मा अस्पतालमा भएका सेवाको वार्षिक समिक्षा गरिएको हो।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालको विशिष्ट आथित्यतामा समिक्षा भएको थियो।समिक्षामा बोल्दै विशिष्ट अतिथि ढकालले जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दा कार्य योजना बनाएर कसले, कसरी, कहिले र के गर्ने ? भन्ने समय सीमा र जिम्मेवारी तोकेर काम गर्नुपर्ने बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालको तथ्यांक पहिलेको तुलनामा धेरै परिष्कृत र भरपर्दो हुँदै आएको र अझै व्यवस्थित र परिमार्जन गर्न सबै डाक्टरहरुले विरामीको डाइग्नोसिस विवरण अनिवार्य भरेर रेकर्ड शाखालाई सघाउन आग्रह गरे।

मेसु थापाले यथार्थ सूचकहरुबाट मात्र विगतका कमीकमजोरीहरुलाई हटाई छिटो छरितो, परिष्कृत र भरपर्दो स्वास्थ्य सेवा दिने भएकाले रेकर्ड शाखा, आईटी विभाग र सम्बन्धित स्वास्थ्य विभाग प्रमुखहरूको समन्वय गरेर मात्र त्यस्तो भरपर्दो सूचकको आधारशिला निर्माण गर्नुपर्ने बताए ।

रेकर्ड शाखाका अधिकृत बालकृष्ण पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत अस्पतालमा ५ सय ७ वटा वेड, ७ सय ८५ जना कर्मचारीहरु रहेको जानकारी गराए । त्यस्तै पान्डेले अस्पतालमा आर्थिक ९ हजार ६ सय ३२ जना सर्जरी गरिएको छ ।

अस्पतालमा जम्मा ३ लाख २ हजार ६ सय ९६ जना र आकस्मिक बिरामी ६७ हजार ५ सय ६१ र सामाजिक सेवा इकाईतर्फ ९ हजार २ सय ५७ जनाले सेवा लिएको पान्डेले प्रस्तुत गरेको वार्षिक प्रतिबेदनमा उल्लेख छ।

समिक्षामा डा. वर्षा थापा, डा. विष्णु शर्मा, डा. प्रभाकर चौधरी, डा. नेत्र राना, डा. पुष्पराज जोशी, डा. बिबि राउत, नेत्र आचार्य, नर्सिङ प्रमुख ज्योति पौडेल, पुतला खनाल, सीता खनालले समिक्षामा भएका कमिकमजोरी सुधार्नु पर्ने काम बारे सुझाव राखेका थिए।

उक्त अबसरमा वोल्दै अस्पताल बिकास समितिका अध्यक्ष श्रेष्ठले संसारमा अब भरपर्दो डाटाबिना कुनै पनि क्षेत्रको विकास र प्रगति सम्भव नरहेकोले आधुनिक डाटा प्रणालीबाट नै गुगल, फेसबुक, माइक्रोसफ्ट, अलिबाबा र अमेजन जस्ता कम्पनीहरुले विश्व बजारमा आफ्नो प्रभुत्व जमाएको वताए ।

यस्तो अबस्थामा अस्पतालमा डाटा भरपदो तरिकाले राख्नु पर्ने बताए। अध्यक्ष श्रेष्ठले डाटा सुस्त बनाउन नसके आफुले गरेको काम देखाउन समेत समस्या देखिने बताए । समिक्षा कार्यक्रमको सञ्चालन नर्सिङ प्रमुख ज्योती पौडेलले गरेकि थिईन।

सम्बन्धित शिर्षक :