स्वास्थ्यसमाचार/कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका…
समाचार
तिलोत्तमा नगरपालिकामा ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी थालेको छ ।छिमेकी मुलुक भारतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा फैलिएको र नेपालमा समेत त्यसको प्रभाव पर्न सक्ने भन्दै तिलोत्तमाले पूर्वतयारीका कामलाई तीव्रताका साथ अघि बढाउने निर्णय गरेको हो । आइतबार बिहान बसेको तिलोत्तमा नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोनाको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्ने÷गराउने निर्णय गरेको छ ।नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले केउलानीमा रहेको अस्थायी कोरोना अस्पताललाई थप स्तरोन्नती गरी स्वास्थ्यकर्मी लगायत आवश्यक उपकरण, स्रोत–साधन र जनशक्तिको पूर्वव्यवस्थापन गर्ने निर्णय गरेको…
जनस्वास्थ्य संघको अध्यक्षमा अधिकारी, महासचिवमा दाहाल निर्वाचित
स्वास्थ्यसमाचार/ जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित भएका छन्। प्रगतिशिल समूहका अधिकारीले पेशागत समूहका महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै जित हासिल गरेका हुन्। अधिकारीले ५९२ मत ल्याएका छन् भने श्रेष्ठले ५६५ मत ल्याएका छन्। यस्तै अध्यक्षमा उम्मेदवारी दिएर पछि श्रेष्ठलाई समर्थन गरेका कृष्णमान शाक्यको पनि १९ मत आएको छ। यस्तै, महासचिवमा सागर दाहाल निर्वाचित भएका छन्। दाहालले प्रतिस्पर्धीभन्दा १२० मत बढी ल्याएर जित हासिल गरेका छन्। दाहालको ६४६ मत आएको छ भने उनका प्रतिस्पर्धी कैलाश खाकी श्रेष्ठको ५२६ मत आएको छ। यसैगरी, उपध्यक्षमा विमला भट्ट विजयी भएकी छन्। उनले…
फ्रन्टलाइनरलाई माघ पहिलो सातादेखि ‘बुस्टर डोज’ खोप दिइने
स्वास्थ्यसमाचार/ माघ पहिलो साताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो साताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक डोज खोप लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले अतिरिक्त थप एक डोज खोप लगाउने निर्णय वताए । नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड–१९ सङ्क्रमण ८.४९ प्रतिशतमा देखिएको छ। शुक्रबारमात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा संक्रमण देखिएको थियो। कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक डोज खोप दिने भएको हो। शुक्रबारमात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट…
कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्यसमाचार/ सरकारले आवश्यकताका आधारमा कोरोना नियन्त्रणका लागि ‘लकडाउन’ वा ‘स्मार्ट लकडाउन’ सुरु गर्न स्थानीय सरकारलाई सुझाव दिएको छ। ‘कोभिड९१९ संकट व्यवस्थापन समन्वय केन्द्र’ सिसिएमसी को आज बसेको बैठकमा उसले प्रधानमन्त्रीलगायत वरिष्ठ सरकारी अधिकारीलाई कोरोनाको अवस्थाबारे व्याख्या गरेको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य जनचेतना र खोप अभियानलाई तीव्रता दिन निर्देशन दिएका थिए। त्यस्तै उनले अस्पताल, स्वास्थ्यकर्मी तथा आइसोलेशन सेन्टर र होल्डिङ सेन्टरहरू तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका थिए।त्यस्तै बैठकमा अति आवश्यक व्यक्ति र समूहका लागि अतिरिक्त खोपको व्यवस्थापन गर्नेबारेमा पनि छलफल भएको थियो। ‘हामी फेरि पनि कोरोना संक्रमणको संकटकै…
ओम्रिकोन, घातक छ हल्कामा नलिउ : विश्व स्वास्थ्य संगठन
स्वास्थ्यसमाचार/ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले अमिक्रोन भेरियन्टलाई हल्कामा नलिन आग्रह गरेका छन्। उनले सो भेरियन्ट घातक र सुनामीजस्तो तेज रहेकोले हल्कामा नलिन आग्रह गरेका हुन् । प्रमखु टेड्रोसले बिहिबार भने, ‘खोप लगाएका व्यक्तिमा डेल्टाभन्दा कम खतरनाक ओमिक्रोन साबित भैरहेको छ। यसको मतलब यसलाई हल्कामा लिनु हैन। डेल्टा जस्तै यसले पनि मानिसलाई अस्पतालमा भर्ना गराउनुको साथै ज्यान पनि लिइरहेको छ।’ ओमिक्रोनले नयाँ रेकर्ड संख्यामा मानिसहरूलाई संक्रमित गरिरहेको र डेल्टा भन्दा छिटो फैलिरहेको उनको भनाइ छ। ‘कोरोना केसहरूको सुनामी यति बढ्यो र तेज छ कि विश्वभरको स्वास्थ्य प्रणालीलाई पुनस् ठुलो समस्याको…
नेपालमा २७ जनामा ओमिक्रोन :अस्पताल र स्वास्थ्यकर्मीलाई तयार रहन सरकारकोे निर्देशन
स्वास्थ्यसमाचार/ नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ। मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्रले ओमिक्रोन भेरियन्टले अस्पतालमा हुनसक्ने अत्याधिक चापलाई मध्येजनर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन्। बिरामीलाई आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले बताइन्।यस्तै सिमानाकामा कोरोना परीक्षणलाई थप शशक्त बनाउने तथा पोजेटिभ आएका केसहरुलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको डा। मिश्रले बताइन्। यसका साथै एस-जीन सिक्वेन्सिङ गर्ने सुविधा देशका वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र…
नेपालमा एकै दिन थप २४ जनामा ओमिक्रोन पुष्टि:अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन
स्वास्थ्यसमाचार/ नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेगेटिभ देखिएकाका २४ नमूनाको जिन स्क्रिनिङ गर्दा सबैमा सङ्क्रमण पुष्टि भएको हो । ओमिक्रोन भेरिएन्टको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन समेत दिएको छ । “ओमिक्रोनले गर्दा…
गौतमबुद्ध मुटु अस्पतालमा पदस्थापन :स्वास्थ्य क्षेत्रमा गरेका योगदानको प्रशंसा
स्वास्थ्यसमाचार/ गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको विहिबार पदस्थापन भएको छ । आगामी कार्याकालका लागि एजाज आलमको अध्यक्षतामा चयन भएको कार्यसमितिलाई एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो । गएको पुष १० गते सम्पन्न अधिवेशनले आलमको नेतृत्वमा समिति चयन गरेको थियो । अस्पतालका सहयोगी संस्था रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल डाउन टाउन र रोटरी क्लब अफ बुटवल साउथबाट एकएक जना र अध्यक्ष आफैले मनोनित गर्नुभएका दुईजना सदस्यलाई समेत पदस्थापन गराइएको छ । निर्वाचन समितिका निर्वाचन आयुक्त दिनेश पाण्डेको संचालनमा भएको पदस्थापन कार्यक्रममा…
जनस्वास्थ्यसंघको निर्बाचन :स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गर्न पुर्व स्वास्थ्मन्त्री थापाकोआग्रह
स्वास्थ्यसमाचार/ पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गर्न जनस्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन्।नेपाल जनस्वास्थ्य संघको पेशागत समूहको अन्तरक्रिया कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री थापाले नीति निर्माण तहमा नेतृत्वलाई बुझाउन र लबिइङका लागि जनस्वास्थ्य संघको महत्वूर्ण भूमिका रहेको बताए। उनले भने, ‘नीति बनाउने तहमा नबुझेकाहरुलाई बुझाउने र स्वास्थ्य क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि जनस्वास्थ्य संघको महत्वपूर्ण भूमिका हुन्छ। स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्न मेरो आग्रह छ।’नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्यसमितिको निर्वाचन यही पौष २४ गते हुँदैछ। निर्वाचनमा उम्मेदवारहरुले उठाएका प्रतिवद्धताहरु पुरा गर्न थापाको आग्रह छ। कार्यक्रममा निर्वाचनका उम्मेदवारहरुले…