हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु

स्वास्थ्यसमाचार/प्यालेष्टाइनको कट्टरपन्थी समूह हमासले हिजो इजरायलमाथि गरेको आक्रमणमा परि कम्तीमा १० जना नेपालीको ज्यान गएको छ । मृत्यु हुनेहरुमा सबै विद्यार्थीहरु हुन् । उनीहरु इजरायलको सेदोत नेगेभको किवुज अलमलिनु क्षेत्रमा रहेका थिए ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । उनले यसको जानकारी नेपालस्थित परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइएको बताइन ।

ती विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्ना एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरको विद्यार्थी हुन् ।

यो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ४९ जना विद्यार्थीहरुलाई ६ वटा समूहमा बिभाजन गरी अलग–अलग कृषि फार्ममा पठाएका थिए । ३२ जना कृषि विद्यार्थीहरु भने बिभिन्न कृषि फार्ममा रहेको वंकरमा सुरक्षित छन् ।

मृत्यु हुनेको विवरण

१. नारायण प्रसाद न्यौपाने घोडाघोडी- ०४, कैलाली

२. गणेश कुमार नेपाली जय पृथ्वी-०६, बझाङ

३. आशिष चौधरी बौनिया-०३, कैलाली

४. दिपेश राज बिष्ट, लेकम-०५, दार्चुला

५. आनन्द साह, सपही-०६, धनुषा

६. राजेश कुमार स्वर्णकार, मधुवन-०१, सुनसरी

७. राजन फुलरा, पाचनली-०३, डोटी

८. पदम थापा,लमिखल-०८, डोटी

९. प्रवेश भण्डारी, शारदा-०३, सल्यान

१०. लोकेन्द्र सिंह धामी,मालिकार्जुन-०४, दार्चुला

अस्पतालमा उपचाररत

१. विधान सेजवाल, शारदा–०२, सल्यान

२.प्रविन डाँगी,दङ्गीशरण–०३, दाङ

३.धन बहादुर चौधरी,टीकापुर–०९, कैलाली

४. हिमाञ्चल कट्टेल, गोरखा- ०८, गोरखा

सम्पर्कविहीन

१.बिपिन जोशी, भीमदत्त -०३, कञ्चनपुर

सुरक्षित

१. प्रमोद केसी त्रिवेणी-०१, सल्यान

२. वीरेन्द्र चौधरी भजनी त्रिशक्ति-०४, कैलाली

सम्बन्धित शिर्षक :