औषधि व्यवसायी भट्टराई उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष निर्वाचित

स्वास्थ्यसमाचार /औषधि व्यवसायी रुपन्देहीका संस्थापक अध्यक्ष सुरज भट्टराई बुटवल उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष निर्वाचित हुनुभएको छ।

संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत सोमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालको लागि उद्योग उपाध्यक्ष भट्टराई निर्वाचित हुनु भएको हो।

उद्योग उपाध्यक्ष पदमा ७७८ मत सहित सुरज भट्टराई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गर्नुभयो ।

नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही का संस्थापक अध्यक्ष तथा ग्रेस फार्मास्यूटिकल्सका मेनेजिङ डाईरेक्टर  सनराइज मेडिसिन सप्लायर्सका संञ्चालक समेत रहनु भएको छ। यस्तै संघको अध्यक्षमा हरि प्रसाद अर्याल निर्वाचित हुनुभएको छ ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :