स्वास्थ्य मन्त्रीको पहिलो निर्णय एकिकृत सूचना प्रणालीको स्थापना गर्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र कुमार पुनमगरले पदबहाली गरेका छन । उनले पदबहाली संगै पहिलो निर्णय समेत गरेका छन।

स्वास्थ्य मन्त्रालयमा उनले लुम्बिनी प्रदेश मातहतका स्वास्थ्य संस्थाहरुबाट संचालन भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको तथ्यपरक अनुगमन तथा मूल्याङ्कन साथै तथ्यांक र यथार्थ प्रमाणमा आधारित बार्षिक कार्यक्रम/योजना तर्जुमा गर्नका लागि एकिकृत सूचना प्रणालीको स्थापना गर्नुपर्ने आवश्यकता सम्बन्धी पहिलो निर्णय गरेका छन।

 

संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकको व्यवस्था गरे बमोजिम स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुन्याउने उद्देश्यका साथ लुम्बिनी प्रदेश मातहतका निकायहरुबाट प्रदान गरिएका सेवाहरुको एकिकृत रुपमा विद्युतीय अभिलेख तथा प्रतिवेदन तयार गर्न विद्युतीय स्वास्थ्य अभिलेखन प्रणाली स्थापना गरी सबै अस्पतालहरूबाट प्रदान गरिएका सेवामा सेवा प्रदायक र सेवा ग्राहीहरुलाई सेवाको पहुँचमा सहजता पुन्याउनको लागि प्रदेश अन्तर्गतका सरकारी अस्पतालहरुमा एकिकृत सूचना प्रणालीको स्थापना गरी स्वास्थ्य सुचना प्रणालीलाई थप व्यवस्थित एव सुदृढिकरण गर्ने निर्णयार्थ सदर गरेका छन।

उनले प्रस्तावअनुसार मन्त्रालय मातहतको विभूत्य स्वास्थ्य समिति वनप्रतिको स्थापना गरी स्वास्थ्य सूचना प्रणाली स्थापना गरी स्पष्ट प्रभावकारी रणनीतिका लागि आवश्यक ढोका खोल्ने प्रस्ताव गरेको छु भन्ने निर्णय लाई स्वीकति गरि लागु गर्ने बताएका छन। पदबहाली तथा स्वागत कार्यक्रममा मन्त्रालयका सचिव डा जनार्दन पन्थी, स्वास्थ्य निर्देशक डा बिनोद गिरी स्वास्थ्यमन्त्रालयका उपसचिव डिल्लीराज बेलबासे तथा मातहतमा रहेका कर्मचारी स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो ।

स्वास्थ्यमन्त्री बुटबलमा सफत पछि स्वास्थ्यमन्त्रालय दाडमा गएर पदबहाली गरेका थिए ।

 

सम्बन्धित शिर्षक :