नवौँ र दशौँ तहका १० जना चिकित्सकको सरुवा तथा पदस्थापन

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौँ र दशौँ तहका चिकित्सक तथा नर्सिङ प्रशासक गरी कुल १० जनालाई सरुवा, कामकाज र पदस्थापन गरी नयाँ ठाउँमा पठाएको छ ।

मन्त्रालयको आइतबारको निर्णय अनुसार छ जनाको सरुवा, तीन जनाको पदस्थापन र एक जनालाई कामकाजमा नयाँ जिम्मेवारी तोकिएको हो । त्यसमा एक जना नर्सिङ प्रशासक छन् भने बाँकी सबै चिकित्सक हुन् ।

मन्त्रालयका अनुसार भेरी अस्पतालका इएनटी सर्जन दशौँ तह डा. रवि भुषण सुुवाललाई वीर अस्पतालमा सरुवा गरिएको छ । यस्तै स्वास्थ्यको पुल दरबन्दीमा रही वीर अस्पतालमा कामकाजमा रहेकी एनेस्थेसियोलोजिष्ट दशौँ तह डा. लुना शर्मा खनाललाई वीरमै सरुवा गरिएको छ ।

यस्तै राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा दरबन्दी रही वीरमा कामकाजमा रहेका दशौँ तह डा सुरेन्द्रलाल श्रेष्ठको वीर अस्पतालमा सरुवा भएको छ ।यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरबन्दी रही कान्ति बाल अस्पतालमा काजमा रहेका पेडियाट्रिक सर्जन नवौँ तहका डा. सुमनबिक्रम अधिकारीको कान्ति बाल अस्पतालमा सरुवा भएको छ ।

यस्तै वीरमा दरबन्दी भएको तर पोखरा सवस्थ्य विज्ञान प्रतिष्ठानमा काजमा काम गरेकी अस्पताल नर्सिङ प्रशासक नवौँ तह विद्या बास्तोलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सरुवा भएको छ ।यता सिंहदरबार बैद्यखाना विकास समितिमा पदस्थापन भई आयुर्वेद चिकित्सालय नरदेवीमा कामकाज गरेकी आयुर्वेद विज्ञ दशौँ तह डा। काशी खतिवडाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरि दरबन्दी कायम गरिएको बताइएको छ ।

यस्तै गरी पेडियाट्रिसियन दशौँ तहका डा. मधुसुदन कायस्थ र डा। सञ्जीतकुमार श्रेष्ठलाई समायोजन पश्चात कान्ति बाल अस्पतालमा पदस्थापन गरिएको छ । अर्का पेडियाट्रिसियन दशौं तहका डा। प्रज्वल पौडेललाई समायोजन पश्चात परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरिएको छ ।

यता परोपकार प्रसूतिमा दरबन्दी भई मुख्यमन्त्री कार्यालय बागमती प्रदेश अन्तरगर्त कामकाजमा रहेका जनरल फिजिसियन दशौँ तह डा. अमर पौडेललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अन्तर्गत रही कामकाज गर्ने गरी पठाइएको छ ।

 

सम्बन्धित शिर्षक :