लुम्बिनीका स्वास्थ्यमन्त्री दिपेन्द्र पुन सहित ७ मन्त्रीले लिए सपथ

स्वास्थ्यसमाचार/लुम्बिनीका स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा बिहीबार सांझ मन्त्रीहरुले सपथ लिएका हुन् ।

२०७४ मंसिरमा सम्पन्न संघ र प्रदेश सभाको निर्वाचनमा रोल्पा १ (२) (ख) बाट पुन प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

उनी संगै७ जना मन्त्रीले सपथ लिएका छन् । एमालेबाट दिनेश पन्थी, अर्जुन बहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्म बहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीका भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि चैत २३ गते मुख्यमन्त्रीले एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाई अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तीनैजनाको मन्त्रालय आज मात्रै तोकिएको छ । जस अनुसार आचार्यलाई अर्थ,पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो संगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद बनेको छ ।महरा चैत २३ गते नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र एक जना स्वतन्त्र संसदसहित ४८ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

सम्बन्धित शिर्षक :