स्वास्थ समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्दछ : मन्त्री पुन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले स्वास्थको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्ने बताउनु भयो । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तह अध्ययरत विद्यार्थीका स्वागत तथा अध्ययन कार्यक्रमको उद्घाटन कार्यक्रम पुनले यस्तो बताउनु भएको हो।

मन्त्री दिपेन्द्रकुमार पुनले नेपालको स्वास्थ्य क्षेत्रको समृद्धि बिना अन्य क्षेत्रको समृद्धि नहुने बताउनु भयो।हरेक नेपाली नागरिकहरू स्वस्थ भयो भने देश आफै स्वस्थ हुने बताउँदै उहाँले राज्यले नागरिकहरूको स्वास्थ्य सेवामा लगानी गर्नुपर्ने बताउनु भएको छ ।

आफू लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री भएपछि पहिलो कुरा जनताको स्वास्थ्य नै समृद्धि बनाउने तर्फ लाग्ने बताउँदै हरेक नागरिकको स्वास्थ्य समृद्धि भयो भने मात्र नेपाल र लुम्बिनी प्रदेश समृद्ध हुने कुरामा सबैलाई ढुक्क रहन आग्रह गर्नु भयो।

मन्त्री पुनले आफ्नो कार्यकालसम्म सकेसम्म प्रदेशवासी नागरिकको स्वास्थ्य सुधार गर्ने वताउनु भयो।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले कार्यक्रम नयाँ भएपनि सबै विद्यार्थीलाई धैर्यता पूर्वक सिक्नका आग्रह गर्नु भयो।

सम्बन्धित शिर्षक :