स्वास्थ्यसमाचार/ गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपर्थ्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपर्थ्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ । पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । पलिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिए । वडा नं १ को बाकामलाङ स्वास्थ्य चौकीमा हरेक महिनाको २३ गते, वडा नं २ को सहलकोट स्वास्थ्य…
समाचार
भण्डारीले पुनःसम्हाले भीम अस्पताल अध्यक्षको जिम्मेवारी
स्वास्थ्यसमाचार/ भीम अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी पुनः नारायण प्रसाद भण्डारीले सम्हालेका छन् । तत्कालीन अध्यक्ष भण्डारीलाई हटाएर लुम्बिनी प्रदेश सरकारले २०७८ फागुन २३ गते कुल प्रसाद न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको थियो । प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरोन्नती नियमावली २०७७ को नियम २५ बमोजिम ४ वर्षे कार्यकालका लागि नियुक्त भएकोमा सरकारले तोकिएको निश्चित पदावधि पुरा नहुँदै २०७८ पुस २५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेको थियो । तर, तीन वर्षको कार्यकालका लागि नियुक्त भए पनि समयावधि रहँदै आफूलाई हटाएको भन्दै भण्डारी सर्वोच्च अदालत पुगेका थिए ।…
काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा डेँगुका बिरामीको चाप
स्वास्थ्यसमाचार/ काठमाडौँ उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेँगुको उपचारका लागि बिरामीको चाप पनि बढेको छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुनेमौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको रोग लाग्ने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सन्जयकुमार ठाकुरले साउनदेखि केही शहरमा डेँगुका बिरामी बढेको बताउछन्नु । उनका अनुसार ललितपुर, काठमाडौँ र रुपन्देहीमा डेँगुका बिरामी बढी रहेको छन् । ललितपुरमा…
बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माण हुने
स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । सघिय सरकारबाट बजेट स्वीकृत भइ निर्माणको प्रक्रिया अगाडि बढेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनु भयो । कुल ३३ करोडको लागतमा बन्न लागेको ट्रमा सेन्टरको यो बर्ष ४ करोड रुपैया बजेट बिनियोजन भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । ट्रमा सेन्टर निर्माणका लागि आवश्यक पर्ने जग्गा जमिन प्राप्तिका लागी राष्ट्रिय आवास कम्पनीसङ्ग आवस्यक समन्वय र सहजीकरण गर्नका लागि नगर प्रमुख श्रेष्ठको संयोजकत्वमा समिति बनेर काम भइरहेको नगरपालिकाले बताएको छ ।
चौबिस घण्टामा थप २२६ जनामा कोरोना संक्रमण, २२३ जना डिस्चार्ज
स्वास्थ्यसमाचार/ पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ सय २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ११ नमुना परीक्षण गर्दा २ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६७, ललितपुरमा १५ र भक्तपुरमा ३ जना गरी उपत्यकामा ८५ जना संक्रमित थपिएका छन् । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३५ रहेको छ । त्यसैगरी…
तीजको दर : पोषिलो खाना उत्तम तर यि कुरामा ध्यान दिनुहोस्
काठमाडौँ, १३ भदौ । चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोषिलो खानेकुरा खान सुझाव दिएका छन्। हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन् । तीजमा महिला अनिवार्य व्रत बस्छन् र व्रत बस्दा भोक नलागोस् भन्ने उद्देश्यले राति उठेर दरखाने चलन छ। तीज प्राचीन तथा महत्वपूर्ण चाड हो। यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा महिला भगवान् शिवको आराधना गर्दै केही निरहार र केही फलहार व्रत बस्ने गर्छन् । व्रतअघि छिटो भोक नलागोस् भनी गरिष्ठ र अपाच्य भोजन गर्ने चलन छ। जो स्वास्थ्यका…
सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्चको परमादेश
स्वास्थ्यसमाचार/ सर्वोच्च अदालतले सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश अनिवार्य छाप्न सरकारको नाममा परमादेश जारी गरेको छ । आठ वर्षअघि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सूर्तिजन्य पदार्थ नियमन गर्न बनेको नियमावली संशोधन गरी सूर्तिजन्य पदार्थको खोलमा अंकित चेतावनीयुक्त चित्र तथा ¥यापरमा ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत पु¥याउने निर्णय गरेका थिए । तर, सो निर्णय विरुद्ध पर्फेक्ट ब्लेन्ड्स प्रालिले सर्वोच्चमा रिट दायर गरेको थियो । पर्फेक्ट ब्लेन्ड्स सर्वोच्च गएसँगै सूर्तिजन्य पदार्थ विरुद्ध काम गरिरहेको संस्था एक्सन नेपाल पनि संशोधित नियमावली अनुसार सूर्ति उद्योगले ९० प्रतिशत चेतावनीयुक्त…
नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार पुग्यो
स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो । बितेको चौबिस घण्टामा नेपालमा २०२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ११ हजार लक्षितले लिए नि:शुल्क सेवा
स्वास्थ्यसमाचार/ आर्थिक अभाव असाहय गरिब तथा बिपन्न वर्गको लागी लुम्बिनी प्रादेशिक अस्पताल उपचारको साहरा बनेको छ। अस्पतालमा उपचारमा आएका कुनै पनि बिरामीहरु आर्थिक अभाबको कारण उपचारवाट नपाएर फर्केका छैनन। अस्पतालको सामाजीक सेवा ईकाइवाट उनीहरुको निशुल्क उपचार गरिएको छ। अस्पतालमा आर्थिक बर्ष २०७८/७९मा अवधिमा १० हजार ५ सय जना लक्षित समुहले निशुल्क सेवा लिएका छन । समन्धीत पालिकाले सिफारीस तथा परिचयपत्रको आधारमा निशुल्क उपचार खाना तथा आबश्यकता अनुसार आउने जाने भाडा समेत लिने गरेको अस्पतालले जनाएको छ।त्यहाँबाट सेवा लिनेमा गरिब असहाय ,लैगीक हिसा प्रभाबित जेष्ठ नागरिक महिला स्वास्थ्यस्वयम सेबिका कुपोषित शहिद…
बुटवलमा डेंगुबाट पूर्व गाविस उपाध्यक्षको मृत्यु
स्वास्थ्यसमाचार /बुटवलमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका १ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको डेंगुका कारण मृत्यु भएको हो । केही दिनदेखि अस्वस्थ रहेका आचार्यलाई बुधबार थप परीक्षणपछि बिहीबार काठमाडौं लैजाने तयारी गरिएको थियो । बिहीबार थप उपचारका लागि काठमाडौंबाट छोरा टेकराज आचार्य आएर लैजाने तयारी गरेको समयमा दिउसो मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको बिहीबार राती नै त्रिवेणीमा अन्त्येष्टि गरिएको छ । आचार्य अर्घाखाँचीको मरेङ गाविसको पूर्व उपाध्यक्ष हुन् । केही सातायता रुपन्देहीमा डेंगुका…