तिलोत्तमामा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको ’स्क्रिनिङ’

महिलाहरुको स्वाथ्य अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना: प्रमुख प्रशासकीय अधिकृत अर्याल

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाको आयोजनामा महिलाहरुको पाठेघर सम्बन्धी जाँच शिविर गरिएको छ । महिलाहरुको पाठेघरको भिआईए परिक्षण गरिएको हो । जेठ २ गते बाट सुरुवात भएको शिविर आनन्दवनबाट सुरुवात भएको थियो ।

सोही अनुसार शंकरनगर स्वाथ्य चौकीमा शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्यालले महिलाहरुको स्वाथ्य अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताउनु भयो ।

उहाले पाठेघरको समस्या जटिल समस्या भएको भन्दै सोही अनुसार नगरपालिकाले आफैले यो शिविर आयोजना गरिएको बताउनु भयो।
प्रमुख प्रशासकिय अधिकृत अर्यालले समयमा नै परिक्षण गरेर जानकारी भएमा जटिल प्रकृतिको क्यान्सर लगायतका यौन तथा महिलाजन्य रोगबाट बच्न सकिने बताउनु भयो।

कार्यक्रममा नगरपालिकाका स्वाथ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले जेठ ३ गते बाट सुरुवात भएको शिविर वडा नम्बर ६, ४, २ मा गरी कुल ७ सय ४ जनाको परिक्षण गरिएको जानकारी गरिएको बताउनु भयो।

जस अनुसार भिआईए परिक्षण ७सय ३ जनाको नेगेटिभ देखिएको थियो भने ३४ जनामा पोजिटिभ देखिएको थियो । जसमा ४ जनामा गम्भिर प्रकृतिको क्यान्सर समेत देखिएको जानइएको छ ।पि आईडी १सय ९ जनामा देखिएको हो । स्वाथ्य परिक्षण शिविर अन्र्तगत वडा नम्बर ६ मा २ गते, ४ मा ३ गते, २ मा ८ गते, ५ मा १३ गते हुने छ ।

यस्तै शहरी स्वाथ्य चौकी भलवारीमा १४ गते, करहिया स्वाथ्य चौकी ८ मा १८ गते, गंगोलिया स्वाथ्य चौकी १७ गते सञ्चालन हुने तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा का जनस्वास्थ्य निरिक्षक केशव भट्राईले बताउनु भयो।

महिलामा असुरक्षित यौनसम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । स्त्रीरोग विशेषज्ञ डा वर्षा पौडेलले धेरै महिलाले सुरुमा पाठेघरको मुखको क्यान्सरको लक्षण नदेखिने र पछि क्यान्सर बढेपछि मात्र थाहा पाउने गरेको बताउनुभयो ।

महिनावारी नभएको बेला रगत बग्ने, यौन अंगबाट रगतसँगै सेतो पानी आउने, यौन सम्पर्कपछि रगत बग्ने जस्ता पाठेघरको मुखमा क्यान्सर भएपछि देखिने लक्षण रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षक :