स्वास्थ्यमा ८६ अर्ब २४ करोड बजेट ? यी हुन् बजेटमा परेका २८ बुँदा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । मंगलबार संसदका दुवैमा सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन उक्त जानकारी दिएका हुन् ।

प्राथमिकता शिक्षा र स्वास्थ्यको विकासलाई पाँच प्राथमिकतामा राखेर ल्याइएको बजेटमा स्वास्थ्यका अधिकांश पूरानै कार्यक्रम समावेस गरिएका छन् ।

१. आधारभूत स्वास्थ्य सेवा निःशुल्क र आकस्मिक सेवा अनिवार्य गर्नका लागि प्रबन्ध गरिने

२. प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने

३. निर्माण सम्पन्न भएका ५, १०, १६ शय्याका अस्पताललाई मापदण्ड बनाएर संचालन गरिने । निर्माणाधीन आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड रुपैयाँ बिनियोजन

४. क्यान्सर, मुटु रोग, पार्किन्सनलगायतका कडा रोगको उपचारमा सहुलियतका लागि ३ अर्ब

५. ९८ प्रकारका आधारभूत औषधी, खोपलगायतका औषधिजन्य वस्तु खरिदका लागि १ अर्ब ४३ करोड रुपैयाँ बिनियोजन

६. आमा सुरक्षा, मातृशिशु र नवजात शिशु कार्यक्रमका लागि ३ अर्ब ६ करोड रुपैयाँ

७. जेरियाटिक वार्ड संचालन गरिने

८. कडा रोगको औषधि सहुलियतका लागि सम्बन्धित व्यक्तिको खातामा मासिन ५ हजार रुपैयाँ जाने गरी दिइने खर्चका लागि २ अर्ब रुपैयाँ बिनियोजन

९. परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशु परीक्षण केन्द्र संचालन गरिने

१०. वीर अस्पतालमा आधुनिक जलन सघन उपचारका कक्ष निर्माण गरिने । कीर्तिपुर बर्न अस्पतालाई थप स्तरोन्नती गरिने

११. भेरी अस्पताललाई सिकल सेल उपचार केन्द्रका रुपमा विकास गरिने

१२. पाटन मानसिक अस्पतालको क्षमता विस्तार गरिने

१३. नयाँ बन्ने ट्रमा सेन्टरहरूलाई नजिकका अस्पतालहरुलाई हब मानेर संचालन गरिने

१४. पाटन अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गरिने

१५. रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट प्रबन्ध

१६. प्रतिष्ठान र केन्द्रीय अस्पतालाई ५०० शैय्यामा स्तरोन्नती गरिने ।

१७. ३०० शैय्या वा सो भन्दामाथि अस्पतालमा एमबीबीएस र १०० शैय्या वा सोभन्दा बढी शैय्या अस्पतालमा नर्सिङका स्नातक कार्यक्रम संचालन गरिने

१८. सुरेश वाग्ले क्यान्सर, परोपकार, जिपी, विपी, भक्तपुरलगायतका केन्द्रीय अस्पताललाई पूर्वाधारका लागि आवश्यक बजेट

१९. न्याम्स, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान र राप्तीमा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम संचालन गरिने ।

२०. वैकल्पिक तथा आयुर्वेदिक चिकित्सा क्षेत्र विकासका लागि २४ करोड रुपैयाँ बिनियोजन

२१. नागरिक आरोग्य कार्यक्रम समुदायमा विस्तार गरिने

२२. सिंहदरबार वैद्यखानाको पुनःसंरचना गरिने

२३. काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था

२४. स्वास्थ्य सामाजिक सुरक्षा दोहोरोपन हटाइने

२५. स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन

२६. जनसंख्या नीति परिमार्जन गरिने

२७ं काठमाडौंको बुढानिलकण्ठमा रहेको राष्ट्रिय आयुर्वेद, योग तथा पञ्च कर्म भवन संचालनमा ल्याइने

२८. आधारभूत आयुर्वेद औषधी उत्पादन गरिने

सम्बन्धित शिर्षक :