२लाखमा गरिएको परीक्षणमा १५ सय बढीमा एचआईभी एड्स संक्रमण

चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा :नेपालमा ३५ हजार ४३ जनाले औषधी सेवन गर्ने तथ्याकं

स्वास्थ्यसमाचार/नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ।

अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो।

सो अवधिमा ३५ हजार ४३ एचआईभी संक्रमित लाई एण्टी रेट्रो भाइरल ट्रिटमेन्ट  (एआरटी ) केन्द्रबाट औषधि वितरण गरिएको छ। गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी ) कार्यक्रममा आवद्ध ६१ गर्भवती महिलासहित २३ हजार ७ सय ६० संक्रमित लाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो।

सम्बन्धित शिर्षक :