बुटवल हस्पिटल प्रा ली को सेवा नयां भवनमा

स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा ली ले नयां भवनबाट सेवा शुरु गरेको छ । बुटवल उपमहानगरपालिका वडा न ६ चांदवारी चोकको उत्तरपट्टि आफनै सुविधा सम्पन्न भवनबाट सेवा शुरु गरेको हो ।

विगत २४ वर्षदेखि बुटवलको अस्पताल लाइनबाट स्वाथ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरणहरु समेत थप गरि सेवा विस्तार गरेको हो ।

सरकारले स्वाथ्य संस्थाहरुलाई पुर्वाधार निमार्णका लागि दिएको समयभित्रै बुटवल हस्पिटलले भवन निमार्ण गरि सेवा शुरु गरेको हो ।
स्वाथ्य क्षेत्रमा आएका आधुनिक उपकरणहरु समेत जडान गरि बुटवल हस्पिटलले एक पटकमै धेरै मोडुलर अप्रेशन थ्रेटरहरु संचालनमा ल्याएको छ ।

जसका कारण ठुला दुर्घटनाहरु भएको खण्डमा पनि बुटवलबाट विरामी रिफर गर्न नपर्ने अवस्था आएको अस्पतालको दावी छ ।अहिले अस्पतालमा एक दर्जनभन्दा वढी बिशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गरिरहेका छन् ।

करिब २ सय स्वाथ्यकर्मी तथा कर्मचारीहरु रहेका छन् । आइसियूमा, भेन्टिलेटर फिँजियो सहितका सुविधा रहेको हस्पिटलको भौतिक संरचना देशकै ठुला अस्पतालहरूकै शैलीमा निमार्ण भएको छ ।

५० वेडको स्वीकृत पाएको हस्पिटलले एक सय वेड स्वीकृतिका लागि सम्वन्धित निकायमा आवेदन पेश गरेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो – बुटवल मेडिकल हब हो भन्ने प्रमाणित गर्नका लागि पनि हामीले उपकरण, दक्ष जनशक्ति र भौतिक पूर्वाधारको समिश्रणमा जोड दिएका छौं, अशा छ अवका दिनमा यहाँबाट विरामीहरु सेवा लिन काठमाडौं र भारतीय बजारहरुमा जान रोकिने छ ।

पश्चिम नेपालकै उपचारका लागि केन्द्र मानिने बुटवलमा प्रविधि, भौतिक पुर्वाधार र दक्ष जनशक्तिको सन्तुलन मिले बिरामीका लागि धेरै सजिलो हुने अस्पतालका मेडिकल निर्देशक डा कृष्ण खनालको भनाई छ ।

उपचारका नाममा धेरै ठुलो रकम बाहिरिने तथ्य रहेको भन्दै लुम्बिनी प्रदेशका पुर्व स्वाथ्य मन्त्री माननीय विष्णु पन्थीले बुटवल हस्पिटल नीजि क्षेत्रको भएर पनि बुटवलका लागि गौरव रहेको बताउनु भयो । उहाँले तत्काल एक सय वेड संचालनको अनुमती प्रदेश सरकारले दिने भन्दै बुटवलमा बल्ल अस्पताल को जस्तो भवन निमार्ण भएको बताउनु भयो ।

दुई वटा लिफ्ट, प्रशस्तै पार्किङ भएकोले विरामीहरूका लागि निकै सहज भएको छ । बुटवलमा आईसीयू अभावमा दैनिक विरामीहरु रिफर गर्नु पर्ने अवस्था रहेकोले त्यसको पूर्ति अब बुटवल हस्पिटलले गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित शिर्षक :