लुम्बिनीका स्वास्थ्यमन्त्री पुनद्वारा बुटबल हस्पिटल प्रालिको निरीक्षण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन (मगर)ले बुटबल अस्पताल को निरीक्षण गर्नु भएको छ। बिगत लामो समय देखी सञ्चालनमा रहेको अस्पताल केहि महिना देखी सुबिधा सम्पन्न आफनै भबन बनाई सरेको छ।

अस्पतालका अध्यक्ष चुन्नु प्रसाद पौडेलले स्वास्थ्यमन्त्री पुनलाई अस्पतालमा स्वागत गर्दे अस्पतालको बारे जानकारी गराउनु भएको थियो । अस्पतालका निर्देशक डा कृष्ण खनालले अस्पताल अहिले सम्म ५० बेडमा चलेको र अब स्तर उन्नती गरि १ सय बेडमा सञ्चालन गर्न प्रकृया बढाइने र स्वीकृतिको लागी मन्त्री पुन लाई आग्रह गर्नु भयो।

मन्त्री पुनले अस्पताल निरिक्षण पछि निजीक्षेत्रबाट सञ्चालनमा आएको बुटबल अस्पताल प्रालि भौतिक पूर्वाधारमा सुबिधा सम्पन्न भएको र सेवालाई पनि विशिष्टीकृत बनाउन निर्देशन दिनु भयो। उहाले सरकार र निजीक्षेत्र सहकार्य गरेर अघि बढने बताउनु भयो ।

मन्त्री पुनले बेड थपको लागी प्रकृया पुरा गरे स्वीकृत दिने बताउनु भयो। अस्पतालका प्रशासकिय अधिकृत बिक्रम खड्काले मन्त्री पुनले आफनो स्वास्थ्यपनि परिक्षण गराउनु भएको बताउनु भयो । मन्त्रीको स्वागतमा अस्पताल अध्यक्ष निर्देशक चिकित्सक तथा अन्य कर्मचारीको सहभागी रहेको खड्काले बताउनु भयो।

सम्बन्धित शिर्षक :