लुम्बिनी प्रादेशिक अस्पताल बुटबल मेडिकल सुपरिटेण्डेन्ट बिहीन

तलवको लागी प्रकृया टुङ्गिने बेला सम्म क्याबिनेटले कुनै चिकित्सकलाई जिम्मा दिने

स्वास्थ्यसमाचार/ करिब ८सय बढी कर्मचारी कार्यरत लुम्बिनी प्रादेशिक अस्पताल बुटबल मेडिकल सुपरिटेण्डेन्ट बिहीन भएको छ। डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी र पुरानोलाई काम गर्न नमिल्ने भएपछि अहिले अस्पताल मेडिकल सुपरिटेण्डेन्ट बिहीन भएको हो।

आर्थिक बर्षको अन्तिम तथा कर्मचारीको तलव लगायका बिषयमा के गर्ने भन्ने अन्योल भैरहेको बारे प्रदेशका स्वास्थ्य सचिब डा. वासुदेव उपाध्याय भन्नुहुन्छ सबै अदालती प्रकृया टुङ्गिने बेला सम्म अर्थात तत्काल तलब तथा अन्य कामको लागी केहि ब्यबस्था मन्त्रालयले गर्ने बताउनु भयो।

क्याबिनेटले कसैलाई केहि दिनको लागी भएपनि तोकेर कर्मचारीको तलव भत्ता तथा अन्य दैनिक आबश्यक कामको लागी ब्यबस्था मिलाउने बताउनु भयो। उहाँले यो ब्यबस्था एक दुई दिनमै हुने समेत बताउनु भयो ।

सर्वोच्च अदालतले मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

मुद्दामा लुम्बिनी प्रदेश सरकार विपक्षी बनाईएको छ ।मेसु नियुक्त डा. ढकाल १० औं तहका हुन् । डा. गौतम ११ औं तहका हुन् । मेसुका लागि ११ तह आवश्यक पर्ने भन्दै गौतमले ढकालको नियुक्ति बदर माग गरेका थिए ।

डा. गौतमले नेपाल सरकारको मिति २०७८ मंसिर १ गतेको निर्णयअनुसार मेडिकल सुपरिटेण्डेन्ट हुन एघारौं तहको स्थायी डाक्टर हुनुपर्ने उल्लेख भएपनि आफू सोही पदमा अस्पतालमा कार्यरत रहँदै दशौं तहमा कार्यरत बरिष्ट कन्सल्टेन्ट अर्थोपेडिक सर्जनलाई नियुक्त गरिएको हुँदा कानुन विपरीत रहेको जिकिर गरेका थिए ।

सर्वोच्चले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको भएपनि प्रादेशिक अस्पतालमा सोमबार आदेशको पत्र दर्ता भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा यस अघि डा. सुदर्शन थापा मेडिकल सुपरिटेण्डेन्ट रहेका थिए ।

 

सम्बन्धित शिर्षक :