गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा १ हजार जनाको एन्जियोप्लास्टी

स्वास्थ्यसमाचार/राजधानी बाहिर पहिलो पटक सबैभन्दा बढि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एन्जियोप्लास्टी उपचार गरिएको छ ।

अस्पतालले २०७३ चैत २४ क्याथल्याब सञ्चालन गर्ने अनुमति प्राप्त गरी २०७४ बैशाख १३ गतेबाट क्याथल्याव सुरुवात गरेको थियो ।१००० जना विरामीको सफल उपचार गर्न सफल भएको अवसरमा अस्पताल परिषदमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष यजाज आलमले सामुदायिक अस्पतालले यो क्षेत्रमा सबैभन्दा राम्रो काम गरेको बताए ।मुटु जस्तो गम्भिर प्रकृतिको उपचार छाटो समयमा नै १००० जनाको गर्न सक्नु आफैमा गौरवको विषय भएको उनको भनाई रहेको थियो ।

विहिबार रुपन्देहीका ओमसतिया तोरी तेलीको सफल उपचार गरेपछि १००० जनाको उपचार सफल भएको हो ।अध्यक्ष आलमले निकट भविश्यमा तिलोत्तमा नगरपालिकामा प्राप्त भएको जग्गामा सुरुवातमा २०० र पछि ८०० बेडको अस्पताल बनाउने योजना रहेको बताए । यद्यपी यो विषयमा जग्गा प्राप्ती अझै हुन नसक्दा समस्या भएको उनको भनाइ रहेको छ ।

अस्पतालका निर्देशक डा. समिर गौतम ले बिरामी ले अकालमा ज्यान पर्ने अवस्थाबाट मुक्त भएको बताए । बुटवलमा नै सेवा प्राप्त गर्दा हृदयघात जस्तो प्राणघातक अवस्थाबाट नियन्त्रण गर्न सकिएको उनको भनाई रहेको थियो । पहिलो पटक एन्जियोप्लास्टी , एन्जियोग्राफी पहिलो पटक अस्पतालले सुरुवात गरेको थियो ।

उनले थप सेवा विस्तार गर्ने समेत जानकारी दिए । ओपन हर्ट सर्जरीको आवश्यकता रहेको भएपनि त्यसलाई विस्तार गर्न नसकिएको उनको भनाई रहेको थियो ।अस्पतालमा मुटु सम्बन्धी उपचार गर्नको लागि दैनिक जसो छिमेकी देश भारतबाट समेत विरामी आउने गरेको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :