चन्द्रकोट गाउँपालिका ८मा सामुदायिक स्वास्थ्य भवनको शिलन्यास

स्वास्थ्य समाचार /लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वराल ले चन्द्रकोट गाउँपालिका वडा नं ८मा पिपलपाटा सामुदायिक स्वास्थ्य ईकाईको भवन शिलन्यास गरे । मन्त्री बरालको आफनो क्षेत्रमा रहेको पिपलपाट सामुदायीक भबनको शिलान्यस गरेका हुन । शिलान्यस कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन वराल ले कुनैपनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चीत हुन नपरोस भन्ने उदेश्यका साथ लुम्बिनी प्रदेशले काम गरिरहेको बताए । उनले भने आबश्यक भबन जनशक्ती र औषधी कुनै कुरा स्वास्थ्य संस्थामा अभाब हुन नदिने तरिकाले काम गरेको बताए । मन्त्री बरालले जनता बाल निकेतन मावि चन्द्रकोट ८मा रहेको नयाँ भबनको…

नेपाललाई चीनले अनुदानमा ५ लाख डोज कोरोनाबिरुद्धको खोप दिने

स्वास्थ्यसमाचार/  चीनले नेपाललाई ५ लाख डोज कोरोनाबिरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग  भएको टेलिफोन सम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोनाबिरुद्धको खोप दिने घोषणा गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन समेत दिएका छन् । चीनले यसअघि १८ माघमा ३ लाख कोरोना खोप दिने बताएको थियो । काठमाडौंस्थित चिनियाँ दूताबासले पनि त्यसको पुष्टि गरेको थियो । विदेशमन्त्री वाङले शुक्रबार घोषणा गरेको ५ लाख जोड कोरोना खोप यसअघि भनिएको ३ लाखभित्रै हो कि, थप हो भन्ने…

पूर्वी नवलपरासीका आठै पालिकामा स्वास्थ्य विमा लागु

स्वास्थ्यसमाचार/ पूर्वी नवलपरासीको आठ वटै पालिकामा नेपाल सरकारले स्वास्थ्य विमा कार्यक्रम लागु गरेको छ ।गत बर्ष देखि नै नवलपुरमा स्वास्थ्य विमा शुरु हुने भनिए पनि लकडाउनका कारण ढिलो गरी नवलपुरमा स्वास्थ्य विमा शुरु भएको हो । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले नेपालका ७७ वटै जिल्लामा विस्तार गर्ने गरी शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम पूर्वी नवलपरासीमा पनि शुरु भएको छ ।सामान्य उपचार पनि पाउन नसकेर ज्यान गुमाउन बाध्य भएकाहरुले उपचार नै नपाएर ज्यान गुमाउन नपरोस् भनेर नेपाल सरकारले नेपाल भर यो स्वास्थ्य विमास शुरु गरेको हो । अहिले नवलपुरका सबै पालिकामा…

तिलोत्तमाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था संञ्चालनमा

स्वास्थ्यसमाचार/ हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुरुप तिलोत्तमा नगरपालिकाको वडा नं. १५ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । सखुवानीमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । स्वास्थ्य संस्था उदघाटन गर्दे नगरप्रमुख घिमिरेले भने आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए । योसँगै तिलोत्तमा नगरपालिकाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । बाँकी एक वडामा छिट्टै स्वास्थ्य संस्था पुर्याउने गरी काम अघि बढेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको…

रुपन्देहीमा ५ हजार ८ सय ५९ जनाले लगाए कोरोना विरुद्धको खोप

-लुम्बिनी प्रादेशिक अस्पतालमा १९३१ युसिएमएसमा १४६७ भिम अस्पतालमा १३७६ आम्दा ७३८ र देबदह मेडिकलकलेजमा३४७ स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोरोनाविरुद्धको खोप ५ हजार ८सय ५९ जनाले लगाएका छन् ।जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार पहिलो चरण को खोप अग्रपङ्तीका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कैदीबन्दी, जेष्ठ नागरिक तथा जोखिमपूर्ण श्रमिकहरु गरि ५ हजार ८ सय ५९ जनाले लगाएका हुन। स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले दिएको जानकारी अनुसार रुपन्देहीमा स्थानीय तहका सरसफाईकर्मी ७६ जना, एम्बुलेन्स सववाहक चालक ४७ जना, सामूदायिक महिला स्वास्थ्य स्वयमसेविका १ हजार ३ जनाले खोप लगाएका छन् । त्यसैगरि रुपन्देहीमा ३ हजार ५…

स्तनक्यान्सरको डरलाग्दो अवस्था २०२० मा २३ लाख संक्रमित

स्वास्थ्यसमाचार // विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा स्तन क्यान्सर डर लाग्दो गरि बढिरहेको छ। फोक्सोको क्यान्सर झै स्तन क्यान्सरको संक्रमण पनि विश्वमा डरलाग्दो गरि बढिरहेको हो। २०२० मा २३ लाख मानिसमा स्तन क्यान्सर पाइएको छ। जुन कूल क्यान्सर पीडित मध्ये १२ प्रतिशत हो। पछिल्लो समय महिलामा बढिभन्दा बढि स्तनक्यान्सरकै जोखिम पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो नम्बरमा फोक्सोको क्यान्सर दोस्रो नम्वरमा स्तन क्यान्सर र तेस्रो नम्बरमा कोलोरेक्टल क्यानसर रहेको छ।महिलामा मोटोपन हुनु स्तन क्यान्सरको जोखिम भएको विशेषज्ञ आन्द्रे इलबावी बताउँछन्। क्यान्सरको जोखिम बढ्नुमा मोटोपनको ठूलो भूमिका हुन्छ। विश्वमा मानिसको…

रक्त क्यान्सरका सुरुवाती ६ लक्षण

ब्लड (रक्त) क्यान्सरका सुरुवाती लक्षण निकै सामान्य हुनसक्छन् – छालामा डाबर वा फोका तथा रङमा बदलाव ब्लड क्यान्सरका लक्षण हुनसक्छन् – उपचारमा ढिलाइ हुँदा ब्लड क्यान्सर खतरनाक हुन्छ ब्लड क्यान्सर एक खतरनाक रोग हो। हामी धेरैलाई थाहै छ, हाम्रो रगत दुई प्रकारका कोषिका (सेल) मिलेर बनेको हुन्छ, रातो रक्तकोषिका र सेतो रक्तकोषिका। हाम्रो शरीरमा पर्याप्त रगत हुनु अति आवश्यक छ किनकि शरीरका विभिन्न अंगसम्म अक्सिजन तथा अन्य पोषकतत्व रगतको माध्यमले नै पुग्दछन्। ब्लड क्यान्सरको सुरुवात बोनम्यारोबाट हुन्छ किनकि रगत बोनम्यारोमै बन्छ। ब्लड क्यान्सर विभिन्न प्रकारका हुन्छन्। सुरुवाती अवस्थामा ब्लड क्यान्सरका…

लुम्बिनी प्रदेशमा १७ हजार ९सय ७९ ले लगाए कोरोना विरुद्धको खोप

स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुवात गरेको आज एक साता पुरा भएको छ। कोभिड–१९ खोप अभियान अन्तर्गत सातौं दिन सम्ममा संख्या १ लाख २८ हजार भन्दा बढीले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २०१ वटा खोप केन्द्रबाट हालसम्म ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले जनाले खोप लगाएका छन्। जसमध्ये प्रदेश नम्बर १ मा १७ हजार २८७, प्रदेश नम्बर २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५ जनाले कोभिड खोप लगाएका छन्। त्यसैगरी, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७…

गुल्मीमा ५ सय बढीले लगाए कोरोनाविरुद्धको खोप

स्वास्थ्यसमाचार / गुल्मीमा पाँच सय बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा कोरोनाविरुद्धको खोप कार्यक्रमअन्तरगत चार दिनमा कुल ५१४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ । जिल्लामा २४ गतेसम्म कुल १८७० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जसमा जिल्ला अस्पतालसहित स्थानीय तहका स्वास्थ्यकर्मी, औषधि व्यवसायी, एम्बुलेन्स चाकल, महिला स्वास्थ्य स्वयम् सेविका लगायतले खोप लगाउनेछन् । जसको लागि ४ हजार १८० डोज खोप आइसकेको छ । पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइने आचार्यले बताए ।…

मेरुदण्ड भाँचिएकी खगिश्वरालाई उपचारका लागि आर्थिक अभाव

सन्तोष महतरा स्वास्थ्यसमाचार / गुल्मीको मदाने गाउँपालिका वडा नं २ बाँझकटेरी सिराहाकी खगिश्वरा भुसाल केही महिनादेखि मेरुदण्ड भाँचिएर आर्थिक अभावमा छटपटाइरहेकी छिन् । आर्थिक समस्याका कारण केही महिनादेखि कहिले गाउँ त कहिले अस्पतालका बिस्तारामा छट्पटाइरहेकी भुसाललाई उपचारका लागि परिवारले आर्थिक सहयोगकोे आहारगुहार गरिरहेको छ । भुसालको २०७७ साल भदौ २१ गते रागोँले लखेटेपछि भीरबाट एक सय मिटर तल लड्दा मेरुदण्ड भाँचिएको थियो । भुसाल उमेरले ४६ वर्षकी हुन् । मेरुदण्ड भाँचिएकी भुसाललाई उपचारको लागि परिवारले गाउँकै स्वास्थ्य चौकी हुँदै लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास र भरतपुर अस्पताल चितवनसम्म लगेर आर्थिक अभावका कारण घर…