नेपाललाई चीनले अनुदानमा ५ लाख डोज कोरोनाबिरुद्धको खोप दिने

स्वास्थ्यसमाचार/  चीनले नेपाललाई ५ लाख डोज कोरोनाबिरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग  भएको टेलिफोन सम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोनाबिरुद्धको खोप दिने घोषणा गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन समेत दिएका छन् । चीनले यसअघि १८ माघमा ३ लाख कोरोना खोप दिने बताएको थियो । काठमाडौंस्थित चिनियाँ दूताबासले पनि त्यसको पुष्टि गरेको थियो । विदेशमन्त्री वाङले शुक्रबार घोषणा गरेको ५ लाख जोड कोरोना खोप यसअघि भनिएको ३ लाखभित्रै हो कि, थप हो भन्ने खुलेको छैन ।

यता काठमाडौँस्थित चिनियाँ दुतावासले कोरोनाबिरुद्धको खोप सिनोफार्म नेपालमा आपतकालिन प्रयोगका लागि स्वीकृति दिन औषधि व्यवस्था विभागसंग अनुरोध गरेको छ । उसले निकै नै छिटो खोप अनुदानमा पठाउन लागेको भन्दै आपतकालिन प्रयोगका लागि स्वीकृति दिन अनुरोध गरेको हो । चिनियाँ पक्षले सिनोफार्म खोप विश्वका १३ वटा मुलुकमा प्रयोग भईसकेको जानकारी दिएको छ ।

 

सम्बन्धित शिर्षक :