लुम्बिनी प्रदेशमा २८ हजार ९ बढी ले लगाए कोरोना बिरुद्धको खोप

लुम्बिनी प्रदेशमा कोरोना बिरुद्धको पहिलो चरणको खोप ८४ प्रतिशत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१कोरोना बिरुद्धको खोप लगाएका छन। प्रदेशमा पहिलो चरण स्वास्थ्यकर्मी, स्वयसेबिका एम्बुलेन्सचालक सुरक्षाकर्मि गरि २८ हजार ९ सय ४१ ले कोरोना बिरुद्धको खोप लगाएका हुन। भारत सरकारद्धारा अनुदानमा दिएको उक्त खोप माघ १४ गते देखी पहिलो चरण लगाउन सुरु गरिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड १९ फोकल पर्सन कौशल भन्डारीले दिएको जानकारी अनुसार रुपन्देहीमा ६७सय ९१ कपिलबस्तुमा २२ सय २६ दाडमा ३५सय४६ वाकेमा ४९सय ५७ बर्दियामा १९ सय ३१ नबलपरासीमा ११सय ५२ अर्घाखाचीमा १३सय ७८ पाल्पामा २७सय १२ गुल्मीमा १७ सय ४५ रुकुममा ३सय ८२ रोल्पामा ९ सय ८७ र प्युठानमा ११ सय ३४ जनाले कोरोना बिरुद्धको खोप लगाएको वताए ।

चिकित्सक स्वास्थ्यकर्मि अस्पतालमा कार्यरत अन्य कर्मचारी स्वयसेबिका एम्बुलेन्स चालक सुरक्षाकर्मि लगायतलाई यो कोरोना बिरुद्धको खोप लगाईएको भन्डारीले बताए। प्रयोगमा ल्याईएको कोरोना बिरुद्धको खोप २८ हजार ९सय ७०भाईल मध्ये खेरजाने दर न्युन रहेको बताए ।
उनले लुम्बिनी प्रदेशमा २५ खोपकेन्द्र रहेकोे बताए ।

लक्ष्य ३४ हजार ९ सय ९५ भएपनि २८ हजार ९ सय ७० जनाले खोप लगाएका छन ।लुम्बिनी प्रदेशमा पहिलो चरणको खोप ८४ प्रतिशतले लगाएका भन्डारीले बताए ।प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले कोरोना बिरूद्ध खोपमा लुम्बिनी प्रदेशमा ठूलो सफलताको मिलेको बताए ।

सम्बन्धित शिर्षक :