रुपन्देहीमा ५ हजार ८ सय ५९ जनाले लगाए कोरोना विरुद्धको खोप

लुम्बिनी प्रा अस्पतालमा १९सय ३१ युसिएमएसमा १४सय ६७, शुक्रबार सम्म सम्पर्क गर्नुस :डा गिरी

-लुम्बिनी प्रादेशिक अस्पतालमा १९३१ युसिएमएसमा १४६७ भिम अस्पतालमा १३७६ आम्दा ७३८ र देबदह मेडिकलकलेजमा३४७

स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोरोनाविरुद्धको खोप ५ हजार ८सय ५९ जनाले लगाएका छन् ।जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार पहिलो चरण को खोप अग्रपङ्तीका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कैदीबन्दी, जेष्ठ नागरिक तथा जोखिमपूर्ण श्रमिकहरु गरि ५ हजार ८ सय ५९ जनाले लगाएका हुन।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले दिएको जानकारी अनुसार रुपन्देहीमा स्थानीय तहका सरसफाईकर्मी ७६ जना, एम्बुलेन्स सववाहक चालक ४७ जना, सामूदायिक महिला स्वास्थ्य स्वयमसेविका १ हजार ३ जनाले खोप लगाएका छन् ।

त्यसैगरि रुपन्देहीमा ३ हजार ५ सय १४ जना स्वास्थ्यकर्मी, ६ सय २ जना स्वास्थ्य तर्फका प्रशासनिक तथा सहायक कर्मचारीहरु, १९ जना बृद्धआश्रममा रहेका जेष्ठ नागरिकले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा अन्य सेवा प्रदायकहरु ८२ जना, कैदीबन्दी ३०८ जना र शव ब्यवस्थापनमा खटिएका नेपाली सेनाका २० जनाले पनि कोरोना विरुद्धको खोप लगाएका छन् ।

भारतले अनुदानका रुपमा उपलब्ध गराएको १० लाख डोज खोप गत १४ गतेदेखि पहिलो चरण अन्तर्गत लगाउन शुरु गरिएको थियो । सरकारको पहिलो चरणको कार्यक्रम शुक्रबार सकिने भएकोले वाकीलाई खोप लगाउन शुक्रबार सम्ममा सम्पर्कमा आउन स्वास्थ्य प्रमुख डा. राजेन्द्र गिरीले आग्रह गरेका छन् ।

यसै गरि नेपालमा अहिले सम्म १ लाख ५८ हजार ४ सय ७८ जनाले खोप लगाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले सबैभन्दा बढी बागमति प्रदेशका खोप लगाएका छन।

सम्बन्धित शिर्षक :