लुम्बिनी प्रादेशिक अस्पतालमा २३ सय५० ले लगाए कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल कोरोना बिरुद्धको खोप २३ सय ५० जनाले लगाएका छन।अस्पतालमा पहिलो चरण स्वास्थ्यकर्मी, स्वयसेबिका एम्बुलेन्सचालक सुरक्षाकर्मि गरि २३ सय ५० ले लगाएका हुन।

भारत सरकारद्धारा अनुदानमा दिएको उक्त खोप माघ १४ गते देखी पहिलो चरण लगाउन सुरु गरिएको थियो ।लुम्बिनी प्रादेशिक अस्पतालका कम्युनिटी नर्सिड निरिक्षक कमला हमाल मल्ल दिएको जानकारी अनुसार चिकित्सक स्वास्थ्यकर्मि १५सय २७ जना अस्पतालमा कार्यरत अन्य कर्मचारी ४सय ७२ जना स्वयसेबिका ३ सय१७ एम्बुलेन्सचालक ८ जना र सुरक्षाकर्मि २६ जना रहेको वताईन ।

अस्पतालमा प्रयोगमा ल्याईएको कोरोना बिरुद्धको खोप २सय ३५भाईल खेरजाने दर शुन्य रहेको हमाल मल्लले बताईन ।

सम्बन्धित शिर्षक :