पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई दोस्रो चरणको खोप

कोरोना बिरुद्धको दोस्रो चरणको खोप माघ २६ गते देखी सुरु गर्ने तयारी

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको खोप अभियानमा पत्रकार, कूटनीतिकक नियोगका अधिकारीहरुलाई खोप लगाइने भएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले पहिलो चरणबाट बचेको खोप पत्रकार, कूटनीतिक नियोगमा काम गर्ने अधिकारी र संयुक्त राष्ट्र संघमा कार्यरत कर्मचारीलाई खोप लगाउने निर्णय भएको बताए।

डा गौतमका अनुसार यो खोप पर्सीबाट सुरू हुनेछ।भारतले दिएको १० लाख डोज खोप ४ लाख ३० हजार अग्रपंक्तिमा खटिनेलाई लगाउने योजना बनाएको थियो।

तर, योजना बनाए अनुसार स्वास्थ्यकर्मीले खोप नलाएपछि पहिलो चरणको खोप बचेको हो।काठमाडौं उपत्यकाको खोप लगाउनको लागि गंगालाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन र सिभिल अस्पताल तोकिएको छ।

‘पत्रकार, कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी, संयुक्त राष्ट्र संघमा कार्यरत कर्मचारीलाई खोप पर्सीबाट लगाउने योजना छ,’ डा।गौतमले भने,‘दोस्रो चरणकोप्राथमिकतामा परेका समूहलाई फागुन १ गतेबाट खोप लगाइने छ।’दोस्रो चरणमा कुन–कुन समूहलाई खोप लगाउने बारे मन्त्रालयमा छलफल जारी छ।हेल्थपोष्टबाट

सम्बन्धित शिर्षक :