स्तनक्यान्सरको डरलाग्दो अवस्था २०२० मा २३ लाख संक्रमित

नेपालमा क्यान्सरका बिरामी अझै बढ्छन्, खानपान र जीवनशैली सुधार्न चिकित्सकको सुझाव

स्वास्थ्यसमाचार // विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा स्तन क्यान्सर डर लाग्दो गरि बढिरहेको छ। फोक्सोको क्यान्सर झै स्तन क्यान्सरको संक्रमण पनि विश्वमा डरलाग्दो गरि बढिरहेको हो।

२०२० मा २३ लाख मानिसमा स्तन क्यान्सर पाइएको छ। जुन कूल क्यान्सर पीडित मध्ये १२ प्रतिशत हो। पछिल्लो समय महिलामा बढिभन्दा बढि स्तनक्यान्सरकै जोखिम पाइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो नम्बरमा फोक्सोको क्यान्सर दोस्रो नम्वरमा स्तन क्यान्सर र तेस्रो नम्बरमा कोलोरेक्टल क्यानसर रहेको छ।महिलामा मोटोपन हुनु स्तन क्यान्सरको जोखिम भएको विशेषज्ञ आन्द्रे इलबावी बताउँछन्। क्यान्सरको जोखिम बढ्नुमा मोटोपनको ठूलो भूमिका हुन्छ।

विश्वमा मानिसको औसत उमेर बढिरहेको छ। त्यससंगै क्यान्सरको जोखिम पनि बढ्दो छ। २०२० मा करिब २ करोड मानिसमा क्यान्सरको संक्रमण पाइएको छ। २०४० सम्म यो जोखिम बढेर ३ करोडसम्म पुग्ने अनुमान गरिएको छ।कोरोना महामारीले क्यान्सर पीडितहरूलाई निकै प्रभावित बनाएको छ। कोरोनाका कारण क्यान्सर पीडितले समयमै उपचार र परीक्षण गर्न सकेनन्। जसले झनै जोखिम बढेको छ।

स्तनमा गाँठो हुनु वा पानी निकल्नु, स्तनको छेउमा दुख्नु वा स्तनको आकारमा बदलाव आउनु यसको लक्षण हुनसक्छ। अल्कोहलको सेवन, मोटोपन, धुम्रपान सेवन गर्नु र पारिवारिक हिस्ट्रिले स्तनक्यान्सरको जोखिम बढ्छ।

सम्बन्धित शिर्षक :