चन्द्रकोट गाउँपालिका ८मा सामुदायिक स्वास्थ्य भवनको शिलन्यास

स्वास्थ्य समाचार /लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वराल ले चन्द्रकोट गाउँपालिका वडा नं ८मा पिपलपाटा सामुदायिक स्वास्थ्य ईकाईको भवन शिलन्यास गरे । मन्त्री बरालको आफनो क्षेत्रमा रहेको पिपलपाट सामुदायीक भबनको शिलान्यस गरेका हुन ।

शिलान्यस कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन वराल ले कुनैपनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चीत हुन नपरोस भन्ने उदेश्यका साथ लुम्बिनी प्रदेशले काम गरिरहेको बताए । उनले भने आबश्यक भबन जनशक्ती र औषधी कुनै कुरा स्वास्थ्य संस्थामा अभाब हुन नदिने तरिकाले काम गरेको बताए ।

मन्त्री बरालले जनता बाल निकेतन मावि चन्द्रकोट ८मा रहेको नयाँ भबनको अवलोकन त्यस्तै गतिशिल समावेशी समाज विकास युवा संजालले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गरेको स्वकिय सचिब यदु ज्ञाबलीले बताए ।

सम्बन्धित शिर्षक :