कर्मचारीको तलब २ हजार बढ्यो, महंगी भत्ता निरन्तर

स्वास्थ्यसमाचार/सरकारले सम्पूर्ण सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वढाएको छ।शनिबार आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको जानकारी दिए।

कर्मचारीका लागि महंगी भत्तालाई निरन्तरता दिँदै हालको प्रतिकुल अवस्थालाई ख्याल गर्दै यो रकम वृद्धि गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराए ।यसरी वृद्धी भएको तलब साउन १ देखि लागू हुने उनले बताए । सरकारले कर्मचारीलाई सहुलियत आवास सुविधा पनि उपलव्ध गराउने घोषणा गरेको छ।

कोभिड उपचारको नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीले कोभिड भत्ता पनि पाउने छन्।

साथै तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न पे कमिसन गठन गर्ने समेत मन्त्री पौडेलले बताए । त्यस्तै सरकारी कर्मचारीको १० लाखसम्मको सामूहिक दुर्घटना बिमा र एक लाखसम्मको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ ।

मन्त्री पौडेलले सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गर्नेसमेत बताएका छन् ।

सम्बन्धित शिर्षक :