बुटवल उपमहानगरमा कोरोना परीक्षणको दायरा फराकिलो बनाईदै

१७ गते देखी १९ गते सम्म एन्टिजेनबाट परीक्षण स्वास्थ्यकेन्द्र र शहरीस्वास्थ्य केन्द्रमा

स्वास्थ्यसमाचार/ बुटवलमा एकसाथ सयौंको कोभिड परीक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण क्षेत्र पहिचान गरि एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण गर्नेभएको छ । भोलि जेठ १७ गतेदेखि यो परीक्षण सुरु हुनेछ ।

जनस्वास्थ्यको संवेदनशिलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख शिवराज सुवेदीले बताए । उनले वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको बताए ।

महामारी नियन्त्रणका लागि रुपन्देहीको बुटवल उपमहागरपालिकाले नमुना र उदाहरणीय काम गर्दै आएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद ओखती, भिटामिन र जरुरी परेकालाई अक्सिजन सिलिण्डर नै बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुगेका छन् ।

सम्बन्धित शिर्षक :