रुपन्देहीमा कोरोना निको हुनेदर बढयो आजै ३,७०जना कोरोना मुक्त

२सय ५७को परिक्षणमा १०३ थप कोरोना संक्रमित १को मृत्यु

स्वास्थ्यसमाचार/रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २सय ७५ नमुना परीक्षण गर्दा १सय ३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा रुपन्देहीमा १ जनाको मृत्यु भएको छ भने ३सय ७० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज बुटवल उपमहानगरमा ३५ जना कोरोना संक्रमित थपिएका छन् भने तिलोत्तमा र देवदहमा १५/१५ जना, सैनामैनामा १३ जना र सिद्धार्थनगरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख राजेन्द्र गिरीले भने जेठ १ गते देखी क्रमिक रुपमा रुपन्देहीका कोरोना संक्रमिति घटदै गएको बताए ।रुपन्देहीमा आज सम्ममा ४१६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने जिल्लामा अहिले पनि ३हजार९० जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

 

 

सम्बन्धित शिर्षक :