कोभिसिल्डको लगाएका १३ लाख नागरिकले तत्काल दोस्रो डोज नपाउने

स्वास्थ्यसमाचार/  सरकारले अब आउने कोरोना विरुद्धको खोप ६० देखि ६४ वर्षउमेर समूहकालाई लगाउने तयारी गरेको छ । परिवार कल्याण महाशाखा निर्देशक डा तारानाथ पोखरेलले अब नेपाल आउने खोपको पहिलो प्राथमिकतामा ६० देखि ६४ वर्षका व्यक्तिलाई राखिएको बताए ।

उनले खोपका लागि भारत, चीन, अमेरिका लगायतका देशहरुमा कूटनीतिक पहल भएपनि खोप कहिले दिने भन्नेबारे उनीहरुले जवाफ नदिएको बताए । कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई दोस्रो मात्रा तत्कालै दिन नसकिने भएको उनले बताए ।

‘जेष्ठ नागरिकहरुले पहिलो मात्रा लगाउनुभएको ११ हप्ता नाघिसकेको छ, १२ हप्ताभित्र लगाउनपर्ने तर तत्काल खोपको आउने निक्यौंल नभएकाले केही पर जाने देखिएको छ । भारतमा पनि १६ हप्तासम्म दोस्रो मात्रा लगाइएको छ, त्यसैले १२ हप्तापछि दोस्रो मात्रा लगाएपनि खोपले काम गर्दछ ।उनले भने तरपनि हामी छिट्टै खोप ल्याउने कोशिशमा छौं ।’

एस्ट्रेजेनेका र एस्केबायो खोप कोभिशिल्डकै प्रकृतिको रहेकाले यदि कोभिशिल्ड आएन भने यी खोपलाई दोस्रो मात्राको विकल्पमा राखिएको पनि उनले बताए । ।

सम्बन्धित शिर्षक :