कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय :डा अनुप बास्तोला

स्वास्थ्यसमाचार /अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम र स्थिर छ । वैशाखको पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता आइपुग्दा त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ । यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो । हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं । टेकु अस्पतालमा २४…

बुटवलका मेयर स्वास्थ्यकर्मी लिएर ६ हजार संक्रमितका घर–घरमा पुगे

स्वास्थ्यसमाचार/ जनप्रतिनिधि सेवक र स्थानीय पालिकालाई सेवाकेन्द्रका रुपमा लिएका बुटवलका मेयर शिवराज सुवेदी स्वास्थ्यकर्मी र आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा पुगेका छन् । कोभिडको संक्रमणमा परेर बुटवलमा आइसोलेशनमा बसेका नागरिकलाई घरघरमै पुगेर आयुर्वेद ओखती प्रदान गर्ने र उनीहरुको मनोबल बढाउने काम भइरहेको छ । बुटवल उपमहानगरले महामारीका दुबै लहरमा नमुना काम गरेको छ र त्यसको समग्र नेतृत्व मेयर सुवेदीले गरेका छन् । ‘महामारीलाई जित्ने पहिलो र प्रभावकारी उपाय भनेकै स्वयमको उच्च मनोबल हो रहेछ, यसैलाई कसरी बढाउन सकिन्छ भनेर घरदैलोमै पुगेर ढाड्स दिने काम सुरु गरिएको हो’ प्रमुख सुवेदीको भनाइ छ…

नयाँ स्वास्थ्यमन्त्रीमा शेरबहादुर तामाङ

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङले पाएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनःगठन गर्दै तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले शुक्रबार बेलुकी ८ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् । यसअघि स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठी थिए । तामाङ नेकपा एमालेको कार्यालय सचिब हुन् । उनी विघटित प्रतिनिधि सभामा सिन्धुपाल्चोक २ बाट सांसद थिए ।

रुपन्देहीमा ७६ जनामा कोरोना संक्रमण, २०२ जना संक्रमणमुक्त

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घन्टामा ६सय ६१ नमुनाको आरटीपीसीआर परीक्षणमा जम्मा ७६ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।जिल्लामा रहेका ४ बटा प्रयोगशालमा गरिएको नमुनाको पीसीआर परीक्षणमा जम्मा ७६ जना संक्रमण देखिए हुन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको तथ्याक अनुसार रुपन्देहीका १६ पालिकामा मध्ये सिद्धार्थनगरमा १४ जना, बुटवल उपमहानगर१३ तिलोत्तमा नगरमा १३ जना, सैनामैनामा १० जना, देवदहमा ८ जना, कोटहिमाईमा ७ जना, ओमसतियामा ६ जना, कञ्चनमा ३ जना रोहिणीर १ सियारीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएका छन । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोही अवधीमा जिल्लामा ३ जनाको उपचारका क्रममा…

पत्रकार महासघ लुम्बिनीद्धारा खोपलाई प्राथमिकता दिन माग

स्वास्थ्यसमाचार/ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले खोप लगाउन छुटेका पत्रकारहरुलाई अवको चरणमा प्राथमिकताको सुचिमा राख्न माग गरेको छ । महासंघले महामारीमा अग्रपंतींमा खटेर सुचना प्रवाह गरिरहेका पत्रकाहरुलाई खोपका लागि प्राथमिताको सुचिमा राख्न माग गरेको हो । पहिलो चरणको खोप अभियानमा धेरै पत्रकारहरु छुटेको भन्दै माहासघले यस्तो माग गरेको हो । नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिको टोलीले प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भोज प्रसाद श्रेष्ठलाई भेट गरि अवको क्रममा खोपको प्राथमिकतामा छुटेका पत्रकाहरुलाई समावेश गर्न माग गरेको हो । महासघका अध्यक्ष वसन्त गिरीको नेतृत्वमा गएको महासंघको टोलीले विविध…

लुम्बिनीमा रेडक्रस मार्फत प्रदेशका १२ जिल्लामा स्वास्थ्य समाग्री वितरण

स्वास्थ्यसमाचार/ नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश मार्फत सबै जिल्लामा स्वास्थ्य समाग्री वितरण गरिएको छ । प्रदेशका १२ वटै जिल्लामा पिपिई, मास्क, डेथवढि व्याग र अक्सिजन कन्सन्टेटर वितरण गरिएको हो । नेपाल रेडक्रश सोसाईटीको सहयोग र प्रदेश समितिको समन्वयमा ती समाग्रिहरु प्रदेशका सबै जिल्ल्ला शाखाहरु मार्फत सरोकारवालाहरुलाई वितरण गरिएको छ । जिल्ला रेडक्रसले समेत ति सामाग्रीहरु आवश्यकताका आधारमा सारोकारवालाहरुलाई प्रदान गर्ने नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले बताए । उनका अनुशमर फन्टलाईनरहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारक्रमी लगायतलाई ति समाग्रहरु वितरण भैरहेको छ । रेडक्रसले लुम्बिनी प्रदेशमा ३ लाख सर्जिकल मास्क, दश…

लुम्बिनी प्रादेशिक अस्पताललाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

स्वास्थ्यसमाचार/ बेलायतमा कार्यरत डाक्टरहरुको संस्था हेल्थ एक्सचेन्ज नेपालले लुम्बिनी प्रादेशिक अस्पताललाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेसु डा राजेन्द्र खनालका अनुसार बेलायतमा कार्यरत डाक्टरहरुको संस्था हेल्थ एक्सचेन्ज नेपालका महासचिव प्रोफेसर डा. सत्यन राजभण्डारीको संयोजनमा बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका दोश्रो ब्याचका डा मोहन थापाको सक्रियतामा अस्पतालमा अक्सिजनको अभावमा उपचारमा समस्या भएको बुझी उक्त ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख डा राजेन्द्र खनालले एम बी बी एस अध्ययन बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरेका…

भेरी अस्पतालमा दोषीलाई कारबाही गर्न छानबिन समितिको सिफारिस

स्वास्थ्यसमाचार/बाँके नेपालगन्जस्थित भेरी अस्पतालको घटना छानबिन गरी प्रतिवेदन बुझाउन बनेको समितिले आरोपितलाई फौजदारी अभियोगको मुद्धा लगाउन सिफारिस गरेको छ। गत बिहीबार भेरी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएपछि आफन्तले आइसियुमा खटिएका चिकित्सक तथा नर्सलाई हातपात गर्नुका साथै घाँटी थिचेका थिए।समितिले गत सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन हिजो बाँकेमा सार्वजनिक गरेको बताइएको छ। समितिको प्रतिवेदनबारे प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वास्थ्यखबरलाई भने,‘समितिको पहिलो सिफारिसमा दोषीलाई कारबाही हुनुपर्ने भनिएको छ। साथै अस्पतालको व्यवस्थापन सुधारका कुरा पनि प्रतिवेदनमा आएको छ।’उनले प्रतिवेदनमा आफन्तको मृत्यु भएपछि आवेगमा आएर भएको…

रुपन्देहीमा जेठ ३१ गते सम्म थपियो निषेधाज्ञा

स्वास्थ्यसमाचार / जिल्ला प्रशासन कार्यालय रुपन्देहीले  जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा बढाएको छ । कोभिडको प्रभाव बढ्दो अवस्थामा रहेको जनाउँदै निषेधाज्ञा बढाइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अवधि बढाउन सिफारिस गरेको थियो । निषेधाज्ञा अवधिभर, शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध,विद्युत्, दमकल,संचार, भन्सार, फोहरमैला, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि, इन्धन र अत्यावश्यक वस्तुका सामान ढुवानीबाहेकका साधन संचालन गर्न पाइने छैन । अतिआवश्यक बाहेकका पसल,व्यवसाय र सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । खाद्यान्न, ग्यास, तरकारी, फलफूल, दुध लगायतका दैनिक उपभोग्य…

बुटवल उवासंघको सहयोगमा आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु

स्वास्थ्यसमाचार/  बुटवल उद्योग बाणिज्य संघको सहयोगमा बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटर सहित ५ आईसीयु तथा १० एचडीयु र १० जनरस (कोभिड आईसोलेशन) समेत गरी २५ वेडको कोभिड वार्डबाट औपचारिक सेवा सुरु गरिएको हो । बुटवल उद्योग बाणिज्य संघ कोभिड–१९ आईसीयु वार्ड’को लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले शुभारम्भ गरे । आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति लिएसंगै बुटवल उद्योग बाणिज्य संघ र आम्दाको बिचमा आईसीयु सञ्चालनको लागि दुई…