रुपन्देहीमा कोरोना संक्रमति घटदै १४७ नयाँ थपिदा ८९० कोरोना मुक्त

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा ५ सय ३८ जनाको आरटीपीसीआर परिक्षण गरिएको थियो ।

रुपन्देहीमा सोही अवधीमा ८९० जना एकै पटक कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।पछिल्लो पटक थपिनेमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका रहेका छन् ।

बुटवल र तिलोत्तमामा ३६, सिद्धार्थनगरमा ९, सियारीमा ११, देवदहमा १९, गैडहवामा २, मायादेवीमा ४, सैनामैनामा १०, ओमसतियामा ३, कञ्चनमा ३, रोहिणीमा १, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ६, शुद्धोधनमा ४ र सम्मरीमाईमा ३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जारी गरेको तथ्याङ्कमा छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा १६ जना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । उनीहरुमध्ये दुई जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका हुन् । बाँकी १४ जनाको अघिल्ला दिनहरुमा मृत्यु भएपनि सोमबारमात्रै तथ्याङ्कमा समावेश गरिएको हो ।

मृत्यु भईसकेपछि संक्रमण पुष्टि हुने र पालिकाहरुले समयमा मृत्युको विरण नपाठाई एकमुष्ठ पठाउने गरेकाले मृत्युको अध्यावधिकमा फरक पर्ने गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

योसँगै जिल्लामा हालसम्म चार सय ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबारसम्म जिल्लामा दुई हजार एक सय ३९ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले भने बैसाखमा रुपन्देहीमा संक्रमितको दर उच्च भएपनि जेठ देखी क्रमस घटदै आएको बताए ।

 

सम्बन्धित शिर्षक :