२१ लाख डोज जोनसन खोप विदेश जाने र यसअघि छुटेकालाई दिइने

स्वास्थ्यसमाचार/सरकारले कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन विदेश जाने व्यक्तिहरुलाई प्राथमिकतामा राखेर लगाउने भएको छ।यो खोप एक डोज मात्र लगाए पुग्छ भने अन्य खोपहरु दुई डोज लगाउनुपर्छ।कतिपय देशहरुले बाहिरबाट आउने नागरिकका लागि जोन्सन खोप नै अनिवार्य गरेका छन्।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार जोन्सन खोप विदेश जाने व्यक्तिहरुलाई दिइने र बाँकि खोप अन्य व्यक्तिहरुलाई लगाइने छ।उनले भने,‘बिहीबार आएको २१ लाख ७६ हजार डोज खोप विदेश जाने व्यक्तिहरुलाई मात्र खपत हुँदैन। बाँकि खोप १८ वर्ष उमेर पुगेका अन्य व्यक्तिहरुलाई पनि दिइन्छ। त्यसका लागि विशेष उमेर समुह वा प्राथमिकता निर्धारण गरिएको छैन।’

जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नेपालमा २१ लाख ७६ हजार डोज जोन्सन खोप उपलब्ध गराएको छ। जुन खोप हिजो नै नेपाल आइसकेको छ।तय सैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसले पुस ४ गते देखि ५७ जिल्लाका १२ देखि १८ वर्षमुनिका करिब १८ लाख बालबालिकालाई मोडर्ना खोप लगाउँदै छ।विद्यालयमा नै खोप केन्द्र राखेर खोप अभियान सुरु गर्न लागेको दाहालले जानकारी दिए।

सम्बन्धित शिर्षक :