लुम्बिनीका ९ जिल्लामा भोलीदेखी विद्यार्थीलाई मोडर्ना खोप लगाईने

स्वास्थ्यसमाचार/सरकारले भोलिदेखि लुम्बिनी प्रदेशका ९ जिल्लाका १२वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले वताईन ।

लुम्बिनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् ।यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप लुम्बिनी प्रदेशका ३ जिल्ला रुपन्देही वाके र दाडमा संञ्चालन भएको र अहिले दोश्रोमात्र लगाउने क्रम जारी रहेको स्वास्थ्यजनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :