बुटवलमा स्वास्थ्य अनुसन्धान परिषद्को प्रदेश कार्यालय स्थापना

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लुम्बिनी प्रदेश इकाई कार्यालय बुटवलमा सञ्चालनमा आएको छ । परिषद्ले गर्ने स्वास्थ्य अनुसन्धानका कामलाई सरल बनाउनको लागि सात वटै प्रदेशमा कार्यालय स्थापना गर्ने योजना अनुसार बुटवलको शिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा इकाई कार्यालय स्थापना गरिएको हो ।

प्रदेश कार्यालय स्थापनाको अवसरमा सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा परिषदका कार्यकारी निर्देशक डा. प्रदिप ज्ञवालीले अन्तर्राष्ट्रिय मापदण्डमा स्वतन्त्र अनुसन्धानको काम गर्दै आएको परिषदले सातै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा इकाई कार्यालय स्थापना गरिएको वताए ।

ज्ञवालीका अनुसार कार्यालयले संघीय सरकारको प्रामिकतालाई प्रदेश सरकारको प्राथमिकतासंग जोड्नेगरी काम गर्नेछ । त्यस्तै पहिचान गरिएका अनुसन्धानका प्राथमिकता क्षेत्र तोकेर कार्यालय काम गर्ने पनि उनले वताए । अहिले परिषदले कोरोना महामारीसंग सम्बन्धित ‘एण्टीबडी स्टडी’लाई प्राथमिकताको क्षेत्रमा छनौट गरिएको उनले वताए ।

त्यसबाहेक सरकारको स्वास्थ्य नीति (हेल्थ पोलिसी) भित्र रहेर स्वास्थ्यसंग सम्बन्धित सबै विषयमा अनुसन्धान गरिने उनले वताए । । अन्य संघसंस्थाले स्वास्थ्य तथा मानवअंग सम्बन्धि अनुसन्धान गर्दा परिषद्को अनिवार्य स्वीकृति लिएर मात्रै गर्नुपर्ने कानुनी प्रावधान छ ।

सातै प्रदेशमा शाखा कार्यालय सञ्चालनको तयारी गरेको परिषदले लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको सरस्वती माध्यमिक बिद्यालयको जग्गा प्राप्तीको प्रकृयामा रहेको र त्यसको प्रकृया पुरा भएपपछि शाखा कार्यालय सञ्चालन गर्ने कार्यकारी निर्देशक डा. ज्ञवालीले वताए ।

पत्रकार भेटघाट कार्यक्रममा शिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र बस्यालले बिरामीको उपचार, सरकारले बनाउने नीति कार्यक्रम लगायत सबैकुरा अनुसन्धानको जगमा हुने भएकाले अनुसन्धानको पाटो अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे। । हाल उक्त इकाई कार्यालयमा परिषदले २ जना अनुसन्धान अधिकृत खटाएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :