यी हुन् आर्थिक वर्ष २०८०/०८१ को बजेटमा परेका स्वास्थ्यका ३५ बुँदा

स्वास्थ्यसमाचार/आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्यातर्फ कुल ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको बताएका छन् । उनले स्वास्थ्यमा मुख्य गरी २८ बुँदामा बजेट तर्जुमा गरेका छन् । आगामी वर्षको बजेटमा स्वास्थ्य तथा जनसंख्यातर्फ व्यवस्था गरिएका कार्यक्रमहरू अर्थमन्त्रीकै शब्दमा तल उल्लेख गरिएको छ । बजेट विनियोजन २८ बुँदामा -गुणस्तरीय स्वास्थ्य उपचार: जनताको अधिकार भन्ने नाराका साथ आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइनेछ। विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाइनेछ। स्वास्थ्य शिक्षा र जनचेतनाको माध्यमबाट नागरिकको स्वस्थ जीवनशैली प्रवर्द्धन गरिनेछ। – कोभिड-१९ लगायत सङ्क्रामक रोगको…

लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बने राजु खनाल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री राजु खनाल नियुक्त भएका छन । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् । खनाल गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दाङ –२ (१) बाट निर्वाचित भएका थिए ।  त्यस्तै, मुख्यमन्त्री चौधरीले रुपन्देहीबाट निर्वाचित जनमतका चन्द्र केश गुप्तालाई सामाजिक विकास र बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीकोे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराइएका छ।  

आधारभूत अस्पतालमा ५ जना चिकित्सकसहितका जनशक्तिबाट सेवा दिईने

स्वास्थ्यसमाचार/सरकारले आधारभूत अस्पतालहरुमा एक एमडिजिपी चिकित्सक, एक महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तीमा तीन जना मेडिकल अधिकृत र आवश्यक नर्स र प्राविधिक जनशक्ति सहित आधारभूत उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ। शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।त्यसका लागि आधारभूत अस्पतालमा प्रयोगशालाका लागि उपकरण तथा सामग्री एक्सरे, अल्ट्रासाउण्ड, इको र इसिजि लगायतका डाइग्नोस्टिक उपकरण, अक्सिजन सुविधा सहितको एम्बुलेन्स उपलब्ध गराइ सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गरिने सरकारको नीति छ। आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा…

३ करोड जनताको जिउ ज्यान हेरेर काम गर्नुस् :स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ३ करोड जनताको जिउ ज्यानलाई ध्यानमा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका ५ वटै महाशाखाका कर्मचारीलाई मन्त्री बस्नेतले अरु मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले जनताको जिउ ज्यानलाई ध्यानमा राखेर नीति योजना बनाउन पर्नेमा जोड दिएका छन् । स्वास्थ्य मन्त्रालय अहिले आगामी वर्षको बजेटमा जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारंटी गर्ने किसिमले बजेटको विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र…

नवनियुक्त स्वास्थ्य मन्त्री मोहन बस्नेतद्वारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/ नवनियुक्त स्वास्थ्थ तथा जनसंख्या मन्त्री मोहन बस्नेतले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्। मन्त्री बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए। पदभार ग्रहणअघि मन्त्री बस्नेतलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत नियुक्त

स्वास्थ्यसमाचार/नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै बस्नेतलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हु्न् । बस्नेत सिन्धुपाल्चोचक(२ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद हुन् । उनी नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । यस्तै, प्रधानमन्त्रीले धनराज गुरुङलाई कानुन र डिलबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण यसअघि स्वास्थ्यमन्त्री नियुक्त हुन सकेको थिएन् । को हुन् नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेत ०३४ सालदेखि नेविसंघको हुँदैं राजनीतिमा आएका बस्नेत वि।सं। २०४८ सालमै सिन्धुपाल्चोक(१ मा उम्मेदवार…

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. बिनोद गिरी नियुक्त

स्वास्थ्यसमाचार / डाक्टर विनोदकुमार गिरी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् । सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि त्यहाँ सचिव रहेका डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा आएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव विहीन थियो । डा गिरी यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको जिम्मेवारीमा थिए । लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/१२/ २० गतेको निर्णानुसार तपाईलाई थप हार्दिक दायित्व नपर्ने गरि अर्को व्यवस्था नभए सम्मको लागि स्वास्थ्यं मन्त्रालय लुम्बिनी मा रिक्त…

लुम्बिनी प्रादेशीक अस्पतालको मेसुमा डा. सुदर्शन थापा नियुक्त

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर सुदर्शन थापालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले डा. थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । थापा १०औं तहका फिजिसियन डाक्टर हुन् । कोरोना संक्रमणकालको सुरुमा प्रादेशिक अस्पतालमा उनले फोकल पर्सनको रुपमा काम गरेका थिए । बैठकले जिल्ला अस्पताल पाल्पामा कार्यरत डा. विष्णु गौतमलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा. इन्द्र ढकाललाई जिल्ला अस्पताल पाल्पामा सरुवा गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारको…

लुम्बिनीका स्वास्थ्य सचिब डा. बिकास देबकोटा १२औं तहमा बढुवा

स्वास्थ्यसमाचार/ जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा बिकास देबकोटा बढुवा भएका छन्। सरकारले डा विकास देवकोटा लाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका  श्रोतका अनुसारका  मन्त्रिपरिषदको बैठकले बढुवा सिमितिले सिफारिस गरेको आधारमा रिक्त रहेको १२औं तहमा दुई जना बढुवा गरेको छ डा विकास देवकोटा र डा टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए।१२औं तहमा बढुवा भएकामध्ये डा देवकोटा लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका र डा…

डा.चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार कुर्सीमा बस्न र हिंड्न सक्ने भए

स्वास्थ्यसमाचार/ग्यास सिलिण्डर लिक भएर शरीर जलेपछि भारतमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उपचारको ३६औँ दिनसम्म आइपुग्दा बिहीबार भण्डारीले अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरू गरेका भण्डारी निकट माधव न्यौपानेले जानकारी दिए । ‘आज अरुको सहयोगमा आफैँ कुर्सीमा बस्नुका साथै तीन मिनेट हिँड्नुभयो’ न्यौपानेले भनेका छन् । भण्डारीले राम्रोसँग बोल्न थालेको र स्मरणशक्ति ठीक अवस्थामा रहेको पनि बताइएको छ । कलमी गरेको छालाले राम्रो काम गरेकाले चाँडै निको हुने विश्वास लिइएको छ ।…