लुम्बिनी प्रदेश जनस्वाथ्य प्रयोगशाला भवनको मुख्यमन्त्री चौधरीद्धारा उद्घाटन

स्वास्थ्यसमाचार /ग्लोवल फण्डको अनुदाद र सेभ द चिल्डेन्सको सहयोगमा रुपन्देहीको बुटवलमा प्रदेश जनस्वाथ्य प्रयोगशाला भवन निर्माण भएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार संरचना पछि निर्माण भएको आफ्नै भवनको सञ्चालनका लागि आवश्यक संरचना निर्माणका लागि सरकारले सहयोग गर्ने बताएका थिए । उनले निर्माण भएका भौतिक संरचना पूर्ण रुपमा सञ्चालन गर्नका लागि अन्य सहायक संरचना, भवन निर्माणको लागि प्रदेश सरकारले जहिले पनि सहयोग…

लुम्बिनीमा स्वास्थ्य संस्था स्थापना सम्वन्धी विधेयक पारित

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशसभाले स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित गरेको छ। प्रदेशसभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको हो। प्रदेशसभा सामाजिक विकास समितिका तर्फबाट अघिल्लो बैठकमा प्रतिवेदनसहितको विधेयक सभामा प्रस्तुत गरिएको थियो। प्रदेशसभा बैठकमा स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संसोधन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख तुलाराम घर्तीले विधेयकलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको थियो। बैठकमा विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले निजामति कर्मचारी…

वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताएका छन् । देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको बताए । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआईपीसम्मका विरामीले महसुस गर्ने गरि काम गरेको दावी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको…

रुपन्देही जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार/रुपन्देहीलाई ‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम पूर्ण खोप दिगोपना सुनिश्चित घोषणसभामा उक्त घोषणा गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।पूर्ण खोप जिल्ला सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी रुपन्देही जिल्लालाई आर्थिक वर्ष २०७९/८० मा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्रमा पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित…

प्यूठानको खानेपानीमा ३९ प्रतिशत दिसा जन्य पदार्थ मिसावट भेटियो

स्वास्थ्यसमाचार/ पहाडी जिल्ला प्युठानमा ३९ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । स्वास्थ्य कार्यालय प्यूठानले विभिन्न समयमा १३५ वटा खानेपानीको नमुना परीक्षणमा ५३ वटामा इकोली भेटिएको पाइएको हो । जिल्लाका ९ स्थानीय तहमा गरिएको परीक्षणमा ३९ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उहाँले बताउनुभयो । परीक्षणमा जिल्लाका माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । जनस्वास्थ्य प्रमुख पाण्डेका अनुसार माण्डवी गाउँपालिकामा खानेपानीको…

मस्तिष्क मृत्युपछि अंगदानबारे समाजमा सचेतना जगाउन जरुरी

स्वास्थ्यसमाचार/मानिसको मृत्यु पश्चात पनि अंगदान गर्न सकिन्छ भन्नेबारे समाजमा जनचेतना जगाउनु जरुरी भएको बुटबलमा सरोकारवालाहरूले वताएका छन। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा संजिवनी हेल्थ मिडिया प्रालिको आयोजनामा बुटवलमा मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी ब्यवस्था र कार्यान्वयनको अवस्थावारे भएको अन्तरक्रिया यस्तो बताईएको हो। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख कार्यकारी अधिकृत डा पुकार श्रेष्ठले तीन करोड जनसंख्या भएको देशमा अहिलेसम्म २ हजार २ सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेको वताउनु भयो। छोटोसमयमा एक हजार बढीको मृगौला प्रत्यारोपण गर्न सफल भएको भन्दै उहाले यो अभियान देशब्यापी गराउने उल्लेख…

स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै बुटवलले ल्यायो नीति तथा कार्यक्रम

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । ३०२ वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकसित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने उल्लेख छ । ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ भन्ने दीर्घकालीन सोंचलाई अगाडि सारेको बुटवलले बुटवलको…

लुम्बिनी प्रदेशमा स्वास्थ्यको बजेट गत बर्षभन्दा २ प्रतिशतले बढी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ। सरकारले प्रस्तुत गरेको बजेटमा चालु आव २०७९/८० भन्दा दुई अर्ब १५ करोड कम बजेट आएको छ। चालु आवमा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो। प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/८१ का लागि आज लुम्बिनी प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार बजेट विनियोजन गरिएको…

लुम्बिनी प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम,के के समेटियो स्वास्थ्यका १९ बुँदामा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले आव २०८०/०८१ का लागि नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्यका १९ बुँदा परेको छ । त्यसमा “मेरो स्वास्थ्य स् मेरो जीवन” “पूर्ण सुरक्षित मातृत्व सेवायुक्त स्थानीय तह, जिल्ला तथा प्रदेश पूर्ण ज्योति प्रदेश ५० सैयाका जिल्ला अस्पतालमामा डाईलाइसिस सेवा विस्तार मुटुको भल्भ प्रत्यारोपण, मृगौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति दुई लाख रुपैयाँको सहुलियत र गरिबीको रेखामुनि रहेका नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य…

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्व ९९ करोड रुपैयाँ

स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्व ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । सो क्रममा उनले उनले स्वास्थ्यमा एक चिकित्सक एक स्वास्थ्य संस्थाका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको सुनाए । विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि सहुलियत प्रदान गर्न २ अर्व ५० करोड रुपैयाँ, ९८ प्रकारका औषधि निशुल्क उपलव्ध गराउन १ अर्व २८ करोड रुपेयाँ छुट्याएको छ । यस्तै टेकुस्थित सरुवा रोग अस्पताल र प्रदेश तहमा स्थापना हुँदै गरेका सरुवा रोग अस्पताल…