लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बने राजु खनाल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री राजु खनाल नियुक्त भएका छन । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

खनाल गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दाङ –२ (१) बाट निर्वाचित भएका थिए ।  त्यस्तै, मुख्यमन्त्री चौधरीले रुपन्देहीबाट निर्वाचित जनमतका चन्द्र केश गुप्तालाई सामाजिक विकास र बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीकोे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराइएका छ।

 

सम्बन्धित शिर्षक :