स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत नियुक्त

स्वास्थ्यसमाचार/नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै बस्नेतलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हु्न् ।

बस्नेत सिन्धुपाल्चोचक(२ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद हुन् । उनी नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । यस्तै, प्रधानमन्त्रीले धनराज गुरुङलाई कानुन र डिलबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण यसअघि स्वास्थ्यमन्त्री नियुक्त हुन सकेको थिएन् ।

को हुन् नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेत

०३४ सालदेखि नेविसंघको हुँदैं राजनीतिमा आएका बस्नेत वि।सं। २०४८ सालमै सिन्धुपाल्चोक(१ मा उम्मेदवार बनेका थिए । वि सं२०५६ सालमा सिन्धुपाल्चोक १ मा एमाले उम्मेदवार अमृत बोहरालाई पराजित गर्दै संसद प्रवेश गरेका उनी वि सं २०५८ सालमा स्वास्थ्य राज्यमन्त्री भएका थिए ।

वि।सं। २०६४ सालमा पहिलो संविधानसभा सोही क्षेत्रबाट पराजित उनी दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार अरुण नेपाललाई ३२ मतले हराउँदैं संविधानसभा सदस्य निर्वाचित भए । वि।सं। २०७४ मा सूचना तथा संचारमन्त्री बनेका उनी ०७९ मंसिरमा भएको प्रतिनिधीसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट एमाले उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई पराजित गरेका हुन् ।

बस्नेत वि सं २०१५ सालमा सिन्धुपाल्चोकको बाह्रबिसे—६ मा जन्मिएका हुन् । उनले राजनीतिकशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छ्न ।

सम्बन्धित शिर्षक :