सुर्तिजन्य पदार्थको सेवनले नेपालमा वर्षेनी २७ हजार बढीको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा सुर्तिजन्य पदार्थको सेवनले वाट वर्षेनी २७ हजार १३७को मृत्यु हुने गरेको छ।, जुन नेपालमा मृत्युको करीब १५ प्रतिशत रहेको हो यो अबस्थालाई मध्यनजर गरि तिलोत्तमा नगरपालिकाले सुर्तीजन्य पदार्थ सेबन रोक्नका विक्रीमा रोक लगाएको छ । नगर क्षेत्रलाई स्वस्थ र सरसफाइ राख्न यस्तो निर्णय गरेको नगर प्रमुख रामकृष्ण खाणले वताए। नगरपालिकाद्धारा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको १०० औँ श्रृंखला पुगेको अवसरमा नगरप्रमुख खाणले सो घोषणा गरेका छन।उहाले यसबाहेक बातावरण तथा सरसफाईसंग जोडिएका अरु चार वटा घोषणा गर्नु भएको छ। ‘गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा…

समायोजन भएकै स्थानमा गई कामकाज गर्न स्वास्थ्यकर्मीलाई निर्देशन

स्वास्थ्यसमाचार/ समायोजन तथा समायोजन मिलान भई गएका स्वास्थ्यकर्मीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारीपूर्वक कामकाजमा खटाउन स्वास्थ्य मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई अनुरोध गरेको छ । २०७९ पुस ८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयले यस्तो अनुरोध गरेको हो । दोहोरो सहमतिका आधारमा विभिन्न प्रदेश र स्थानीय तहहरुमा समायोजन र समायोजन मिलान हुँदा स्वीकृत दरबन्दी भन्दा बढी हुन गएका स्वास्थ्यका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले तलबभत्ता उपलब्ध गराउने भएको छ । समायोजन र समायोजन मिलान हुँदा स्विकृत दरबन्दी भन्दा बढी कर्मचारी हुँदा कर्मचारी फिर्ता पठाइएपछि हाललाई नपुग तलब भत्ता स्वास्थ्य मन्त्रालयले…

म्याद गुज्रेको औषधि वितरण प्रकरण: चौराह अस्पतालद्धारा गल्ती स्वीकार

स्वास्थ्यसमाचार/ रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गल्ती स्वीकार गर्दै बुटवलको चौराह अस्पतालले माफी मागेको छ । अस्पतालले म्याद गुज्रीएको औषधी वितरण गरको बारे समाचार प्रकाशन भएपछि सोमबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले गल्ती भएको स्वीकारसहित माफी मागेको हो । अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘उपरोक्त सम्बन्धमा मिति २०७९ ११ २० गते रेसुङ्गा नगरपालिकाको आयोजनामा चौराह अस्पताल प्रा लि. को प्राविधिक सहयोगमा महेन्द्र मावि मा गरिएको निःशुल्क स्वास्थ्य शिविरको क्रममा मिरा बायोटिक कम्पनीद्वारा उत्पादित एमिजाय १० एमजीको स्याम्पल ट्याबलेटको म्याद सकिएको औषधी वितरण गरिएको भन्ने…

जनस्वास्थ्यलाई प्राथमिकता र निरोगी नेपाल अभियानलाई विस्तार गर्छौ:मुख्यमन्त्री गिरी

स्वास्थ्यसमाचार/ जथाभावी औषधि सेवनले पार्ने असरले सिङ्गो प्राणी जगत प्रभावित छ । वातावरणीय प्रदूषण र अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदाको असर पनि प्राणी जगतमै परेको छ । जनस्वास्थ्यको यस्तै संवेदनशीलतालाई ख्याल गर्दै लुम्बिनी प्रदेश सरकारले जनस्वास्थ्य ऐन बनाइरहेको छ । लुम्बिनी प्रदेशका सबै जिल्लालाई लक्षित गरि निरोगी नागरिक अभियान सञ्चालन र उपचारका संयन्त्रको प्रभावकारी व्यवस्थापनका कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री लिला गिरीले नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको भएको र जनस्वास्थ्यको संवेदनशीलतालाई विशेष ख्याल गरेर ऐन बनाउने काम भइरहेको बताउनुभएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले बिहीबार देउखुरीमा आयोजना…

मेडिकल कलेजको अनियमितता विरुद्ध अखिल क्रान्तिकारीद्धारा भैरहवामा प्रदर्शन

स्वास्थ्यसमाचार/ मेडिकल कलेजहरुको मनोमानी र अनियमितता विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) द्वारा भैरहवामा प्रदर्शन गरेका छन । जिल्ला प्रशासन कार्यलयबाट शुरु गरिएको विरोध र्याली युनिभर्सल मेडिकल कलेजमा पुगेर कोण सभामा परिणत भएको थियोे ।सभामा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले मेडिकल माफिया विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । एमबिबिएस र बिडिएसका बिधार्थीहरुलाई चिकित्सा शास्त्र अध्यन संस्थानले(IOM) ले ब्यारियर सिस्टमको नाममा बिधार्थी निष्कासन गर्नु र मेडिकल कलेजहरुले ५ बर्षैका शुल्क लिनु न्याय संगत नभएको भन्दै कारबाहीको माग गरेका छन् । अध्यक्ष शाहीले बिधार्थीका समस्या बारेमा आफ्नो…

बाँके हात्तीपाइले रोग निवारणमा सकस : ६वर्षे अभियान १३ वर्ष सम्म निरन्तरता

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशको बाँके हात्तीपाईले बिरुद्धको औषधी सेवन गराउन चुनौती भएको वताईएको छ ।नेपालगन्जमा संञ्चारकर्मिहरु संग गरिएको अन्तरक्रिया यस्तो गुनासो गरेका हुन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले सरकारले हात्तीपाईले रोगलाई २०२० सम्म निवारण गर्ने उद्देश्य लिएतापनि अभियानले सफलता पाउन नसकेको उहाँले वताउनु भयो। अभियान संचालन गरिएको छैठौ बर्षमा रोगलाई निवारण गर्ने लक्ष्य लिएतापनि अभियानले तेह्रौ बर्षमा प्रवेश गर्दा समेत बाँकेमा हात्तीपाईले रोगलाई निवारण गर्नलाई चुनौती देखिएको पौडेलको भनाई छ। अभियानमा दम, मुटु जस्ता दिर्घरोगी, गर्भवती, एक हप्तासम्मका सुत्केरी आमाहरु, छारेरोगका विरामी, दुईवर्ष नपुगेका बालबालिकाले औषधि सेवन गर्न…

नेपाल अर्थोपेडिक एशोसिएशनको २८ औँ सम्मेलन रुपन्देहीमा सुरु

स्वास्थ्यसमाचार /नेपाल अर्थोपेडिक एसोसिएसनको २८ औँ सम्मेलन रुपन्देहीमा सुरु भएको छ। आफुले गरेका कामको छलफल र नयाँ तरिकाले कसरी उपचार गर्ने भन्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको हो। एक समारोहका बिच लुम्बिनी बिकास कोषका भिक्षु ओजिर श्री महास्थवीरले सम्मेलनको उद्घाटन गर्नु भयो ।युनाईटेड ईन पर्स नेपाल अर्थोपेडिक एशोसियसन सार्क देशहरूको अर्थोपेडिक एशोसियसनसंगको सहकार्यमा सुरू भएको यो तीनदिने अर्थोकान २०२३ को उद्घाटन कार्यक्रममा बोल्दै उहाले सार्कस्तरीय सम्मेलनले निकै महत्त्वपुर्ण अर्थ राख्ने वताउनु भयो । हाडजोर्नीका क्षेत्रमा नयाँ खोज अनुसन्धान उपलब्धिहरूको विषयमा चिकित्सक वीच आदान प्रदानमा सहयोगि हुने समेत भिक्षु श्रीरिले वताउनु भयो…

सांसद भण्डरीको अवस्था जटिल, देशबाहिरको सुविधासम्पन्न अस्पताल लैजान सिफारिस

स्वास्थ्यसमाचार/ खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी…

गुणात्मक रुपमा स्वास्थ्य सेवालाई प्राथमिकता : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका नबनियुक्त स्वास्थ्यमन्त्री बिष्णु पन्थीले पदभार ग्रहण गर्नु भएको छ। पदभार ग्रहण पछि २ बटा नयाँ निर्णय गर्नु भएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटा लगाएतका अधिकारी बाट स्वागत, छलफल सहित महत्वपूर्ण निर्णय भएको छ। नयाँ निर्णयमा कपिलवस्तुको चन्द्रौटा स्थीत सरुवा रोग अस्पतालको कार्य यथाशिघ्र सञ्चालन गर्ने र प्रदेशका सबै जिल्लाहरुमा कम्तीमा ४ वटा विशेषज्ञ सेवा ३ /३ महिनामा संचालन गर्ने निर्णय भएको छ । जसलेगर्दा प्रादेशिक अस्पताल बुटवलमा चाँप घट्नेछ। नवनियुक्त स्वास्थ्य मन्त्री पन्थीले पत्रकार हरु संग कुरा गर्दै उहाले आधारभुत स्वास्थ्यलाई गुणस्तरीय बनाउने बताउनु भएको छ।स्वास्थ्य…

कण्डम दिवसका दिन बुटवलमा वृहत सांस्कृति कार्यक्रम हुने

स्वास्थ्यसमाचार/ सधै फेशनमा ,दोहोरो सुरक्षाका लागि कण्डम भन्ने नारा सहित फेब्रुअरी १३ अर्थात फागुन १ गते सोमबारका दिन अन्तर्राष्ट्रिय कण्डम दिवस मनाईदैछ । प्रणय दिवसको अवसरमा विश्वब्यापी रुपमा कण्डमको सहि तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्क बारे जनतचेतना फैलाउनको लागि रमाइलो तथा रचनात्मक तरिकारले अन्तराष्ट्रिय कण्डम दिवस बुटवलमा पनि मनाईने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले आईतबार बुटवलमा पत्रकारहरुसँग अन्तरक्रिया कार्याक्रमको आयोजना गर्दै कण्डम दिवसको बारेमा जानकारी गराएको हो ।अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलको ट्राफिक चोकमा सांस्कृतिक कार्यक्रम सहित जनचेतना मुलक कार्यक्रमको आयोजना हुने स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ…