आधारभूत अस्पतालमा ५ जना चिकित्सकसहितका जनशक्तिबाट सेवा दिईने

स्वास्थ्यसमाचार/सरकारले आधारभूत अस्पतालहरुमा एक एमडिजिपी चिकित्सक, एक महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तीमा तीन जना मेडिकल अधिकृत र आवश्यक नर्स र प्राविधिक जनशक्ति सहित आधारभूत उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ।

शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।त्यसका लागि आधारभूत अस्पतालमा प्रयोगशालाका लागि उपकरण तथा सामग्री एक्सरे, अल्ट्रासाउण्ड, इको र इसिजि लगायतका डाइग्नोस्टिक उपकरण, अक्सिजन सुविधा सहितको एम्बुलेन्स उपलब्ध गराइ सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गरिने सरकारको नीति छ।

आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिइने पनि सरकारको नीति रहेको छ।

सम्बन्धित शिर्षक :