नवनियुक्त स्वास्थ्य मन्त्री मोहन बस्नेतद्वारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/ नवनियुक्त स्वास्थ्थ तथा जनसंख्या मन्त्री मोहन बस्नेतले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्।

मन्त्री बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए।

पदभार ग्रहणअघि मन्त्री बस्नेतलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका छन्।

सम्बन्धित शिर्षक :