प्रादेशीक अस्पताल बुटबलमा १८ करोडको लागनीमा नयाँ डाईगेनिष्टक बन्ने

स्वास्थ्य समाचार/ लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा नयाँ डाईगेनिष्टक भबन बन्ने भएको छ । प्रदेश ५ सरकार समाजीक बिकास मन्त्रालयको १८ करोडको लागनीमा उक्त भबन बन्ने भएको छ ।

भबनको असोज १२ गते आईतबार सामाजीक बिकास मन्त्री सुदर्शन बरालले शिलान्याश गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रादेशीक अस्पताल बुटबलले जनाएको छ ।
१ सय ९ बर्ष पुरानो अस्पतालको पुरानो भबन जीर्ण बन्दै गएपछि नयाँ भबन बन्न सुरु भएका छन। नयाँ डाईगेनिष्टक भबन भ्याट बाहेक १८ करोडको रहेपनि टेन्डर प्रकृयाबाट १७ करोड ७८ लाख ७८ हजारको लगातमा डाफे निमार्ण सेवा प्रालीले बनाउने भएको छ ।

५ तला सम्म बनाउन सक्ने भबनको अहिले अन्डर ग्राउन्ड १ तला र माथि एक तला गरि २ तले भबन २ बर्षभित्र बन्ने भएको छ । अन्डर ग्राउन्ड भबन बनेपछि पार्किङको समस्या समाधान हुने भएको छ ।

सम्बन्धित शिर्षक :