कानुनी गर्भपतन सेवाबारे ४१ प्रतिशत महिलामात्र जानकार, ७ प्रतिशत मातृमृत्यु असुरक्षित गर्भपतनको कारण

स्वास्थ्यसमाचार /पाचौ सुरक्षित गर्भपतन दिवसको अवसरमा रुपन्देहीमा अन्र्तकृर्या कार्यक्रम गरि मनाईएको छ। प्रदेश नं ५ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वस्थ्य निर्देशनालयको सहयोगमा नेपाल परिवार नियोजन संघ, आईपास नेपाल, मेरि स्ट्रप नेपालको सहकार्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सुरक्षित गर्भपतन सेवासंगै युवा वर्गलाई यौन र गर्भपतनको विषयमा विद्यालयस्तरमा सचेतनाका कार्यक्रम सुझाव दिए ।
स्वस्थ्य निर्देशनालयका नर्सिङ अधिकृत थुमा पुनले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान भएको २०१६ को तथ्याकले देखाएको बताईन। यसैगरि कानुनी मान्यताको ज्ञान नपढेका र आर्थिक अवस्था कमजोर भएका महिलाहरुमा ज्यादै कमी देखिएको उनले बताईन।

कार्यक्रममा स्वस्थ्य निर्देशक डा बिनोद कुमार गिरीले प्रदेश सरकार १२ जिल्लामा सेवा सुरक्षित गर्भपतन सेवामा समतामुलक पहुच तथा उपयोग वृद्धि गर्ने, प्रादेशिक सुरक्षित गर्भपतन नीति तथा रणनिति निमार्ण, सुरक्षित गर्भपतन सम्बन्धी ज्ञान तथा ब्यवहार परिवर्तन संचार तथा प्रवर्धनात्मक क्रियाकलाप संचालन अघि बढाएको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले महिला स्वस्थ्य महत्वपुर्ण विषय भएको बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ रुपन्देहीका शाखा प्रबन्धक मोहन बश्याल गर्भ पतन रहरले गर्न नहुने बताए । परिवार नियोजन कार्यक्रमलाई बिस्तार जरुरी रहेको उनले बताए ।

कार्यक्रममा स्वस्थ्य निर्देशनालयका वरिष्ठ जनस्वस्थ्य प्रशासक रोशनलाल चौधरी, स्वस्थ्य निर्देशनालयका मेडिकल अफिसर डा सबु काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालका कन्स्लेन्ट डा शकुन्तला गुप्ताले स्थानिय निकायहरुबाट पनि सुरक्षित गर्भपतन कार्यक्रमको आवश्यकता र महत्वबोध गरि कार्यक्रम र बजेट बिनियोजन हुने क्रम बढ्नु सकारात्मक भएको बताए।

अझै पनि ५८ प्रतिशत महिला अझै पनि असुरक्षित गर्भपतन, सिमित स्वस्थ्य संस्थामा सेवा संचालन हुनु, गर्भपतन सम्बन्धि सामाजिक लाच्छना र भेदभाव कायम भएको, ५९ प्रतिशत महिला सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको छ भन्ने जानकारी नहुनु, करीब ५० प्रतिशत महिलालाई सुरक्षित गर्भपतन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नभएको जस्ता चुनौती रहेको अन्तरकृर्या कार्यक्रममा बताईएको थियो ।

सम्बन्धित शिर्षक :